2 years ago
October 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज अपराजित रहँदै राष्ट्रिय बास्केबल लिग (एनबिएल) च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लबलाई शुक्रबार ११५–९० ले हराउँदै सातौं जितका साथ च्याम्पियन बनेको हो ।

एनबिएलका अन्तिम दुई खेल बाँकी रहँदा १४ अंकसहित टाइम्स च्याम्पियन बनेको हो । पहिलो क्वार्टरबाट अग्रता बनाएको टाइम्सले सजिलै नतिजा आफ्नो पक्षमा पार्यो ।
पहिलो क्वार्टरमा २५–२१ ले अघि लागेको टाइम्सले दोस्रो क्वार्टर सकिदा ५८–४७ र तेस्रो क्वार्टरको समाप्तीमा ८५–६१ ले अग्रता बनायो । ३३ स्काोर गरेको टाइम्सका अम्जोत सिंह खेलको म्यान अफ दी म्याच बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा कीर्तिपुर बास्केबल क्लबले विशाल मिलन केन्द्रलाई ९५–७७ ले हराएको थियो ।
तीन क्वार्टरको समाप्तीसम्म ६१–६३ ले पछि रहेको कीर्तिपुरले चौथो तथा अन्तिम क्वार्टरमा उत्कृष्ट पुनरागमनकाा साथ नतिजा आफ्नो पक्षमा पारेको थियो ।
अन्तिम क्वार्टरमा विशाल केन्द्रले १४ स्कोर गर्दा कीर्तिपुरले ३४ स्कोर थपेको थियो । ३३ स्कोर गरेका विजेता टोलीका अनिल खड्गी खेलको म्यान अफ दी म्याच घोषित भए ।

१२ अंकका साथ आर्मी दोस्रो स्थान र ११ अंकसहित कीर्तिपुर तेस्रो स्थानमा छ । एक खेल कम खेलेको रोयल स्पोर्टस सेन्ट्रल १० अंकसहित चौथो र बुढानिलकण्ठ बास्केबल क्लब ९ अंक जोडेर पााँचौं स्थानमा छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]