2 years ago
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु–१९ पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको शनिबार क्वाटरफाइनल प्रवेश गरेका छन् ।
समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा गोल्डेन गेटले रोयल्सलाई ८५–६७ ले पराजित ग¥यो । गोल्डेन गेटका उर्गेनले २० स्कोर गरे । प्रसोन मल्ल ठकुरीको १९ स्कोरको मद्दतमा बूढानीलकण्ठले योद्धालाई ७४–४२ ले हरायो ।
प्रिक्वार्टर फाइनलका अन्य प्रतिस्पर्धामा अधुको १८ स्कोरमा टाइम्सले समृद्धिलाई ९०–४९, आईएसए नेपालले ट्रिनिटीलाई ७६–४७ ले हरायो । स्नोल्यान्डले एन्जल्स हार्टलाई ८२–७१ ले पराजित गर्यो । स्नोल्यान्डका समुन्नत गुरुङले २४ स्कोर गरे ।
सशांक कार्कीको २९ स्कोरको मद्दतमा ग्रिनफिल्डले ह्वाइटहाउसलाई ८६–७३ ले हरायो । सिसिआरसीले टाइमआउट नेपाललाई ८५–६७ ले पराजित गर्यो । सिसिआरसीका प्रनिश तिमल्सिनाले २६ स्कोर गरे ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]