default_image

10 years ago

September 29, 2015

ब्रिटिस र इस्लिङटन उपधिनजिक

201 views

0 Bookmark

१२ अशोज | काठमाडौं

ब्रिटिस कलेज र इस्लिङटन कलेज ‘हिरो’ दोश्रो एलए छात्र बास्केटबल कपमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

British

एल बास्केटबलमा इस्लिङटन (सेतो) र साइटबीचको खेल |  तस्बिर राखेप

ब्रिटिसले एसलाई ५१–४८ ले पराजित ग¥यो । पहिलो र दोश्रो क्वाटरमा ७–१२ र १०–१७ ले पछि पर्नका बावजुद ब्रिटिसले फाइनल यात्रा तय ग¥यो । तेश्रो क्वाटरको खेलमा फर्केको ब्रिटिसले १८–५ अंक जोड्दै दोश्रो क्वाटरको समाप्तिसम्म १२ अंकले पछि परेको स्थितिलाई उल्ट्याउदै समाग्रमा १ अंकको अग्रता हासिल ग¥यो । अन्तिम तथा चौथो क्वाटरमा १६–१४ को अग्रता बनाउदै ब्रिटिस समग्रमा ३ अंकले विजयी भयो ।

अर्को सेमिफाइनलमा इस्लिङटनले साइटलाई ५५–४३ ले हरायो । इस्लिङटनले चौथो क्वाटरमा २५–४ को उत्कृष्ट प्रदर्शन गर्दै जितको आधार खडा गरेको थियो । इस्लिङटन पहिलोमा ११–१६ र दोश्रोमा ६–११ ले पछि परेको थियो भने तेश्रोमा १३–१२ को झीनोअन्तरले अगाडि थियो ।

काष्ठमण्डप र कसमस सेमिफाइनलम

काष्ठमण्डप र कसमस नवौं एलए कप छात्र फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । एनइसी ‘ए’ र रिलायन्स पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

काष्ठमण्डपले एनइसी ‘बी’ लाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि समिरजंग कार्कीले २ तथा सचिन खड्काले १ गोल गरे । एनइसीका सुमित पोखरेलले सान्त्वना गोल गरे । कसमसले एनसीएमलाई एकपक्षीय ५–० गोलले हरायो । कसमसका सुन्दर सुनुवारले २ गोल गरे भने थप १–१ गोल पभाष थापा, युवराज रसाइली र प्रनिश डंगोलको नाममा रह्यो ।

एनइसी ‘ए’ ले लिटिल एन्जल्स ‘ए’ लाई ४–० को फराकिलो गोलअन्तरले पाखा लगायो । विजेताका किशन अधिकारीले २ तथा निकेश खड्का र निरज गैरेले १–१ गोल गरे । रिलायन्सले ग्रिनविचको चुनौती २–० ले पन्छायो । रिलायन्सका निङमा शेर्पा र मुस्कान लामाले १–१ गोल गरे । सेमिफाइनलमा एनइसी ‘ए’ को भेट रिलायन्ससंग हुनेछ भने काष्ठमण्डपले कसमस विरुद्ध खेल्नेछ ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.