default_image

9 months ago

February 24, 2025

नेपाल साबा महिला च्याम्पियनसिपको फाइनल पुग्न सकेन

2253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेस्रो साबा महिला च्याम्पियनसिपको समूह चारबाट बाहिरिएको छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) को आयोजनामा भारतमा भएको प्रतियोगितामा नेपाल लगातार दोस्रो हार बेहोरेपछि फाइनल पुग्न सकेन ।

नेपाल लिग चरणको दोस्रो खेलमा माल्दिभ्ससँग ५३-४६ ले पराजित भएपछि समूह चरणबाट नै बाहिरिएको हो । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो । माल्दिभ्ससँग पराजित भएपछि नेपालको फाइनल सम्भावना सकिएको हो ।

अब मंगलबार लिग चरणको अन्तिम खेलमा भारत र माल्दिभ्स खेल्नेछन् । बुधबार हुने फाइनलमा पनि अब माल्दिभ्स र भारत नै खेल्ने पक्का भएको छ ।

काठमाडौंमा सन् २०१६ मा सम्पन्न पहिलो संस्करणमा नेपाल श्रीलंकासँग पराजित हुँदै उपविजेता बनेको थियो । माल्दिभ्समा सन् २०२२ मा सम्पन्न दोस्रो संस्करणमा पनि नेपाल दोस्रो नै भएको थियो । यसपटक भने नेपाल फाइनल पुग्न सकेन ।

भारतले सुरुवाती २ संस्करणमा सहभागिता जनाएको थिएन । दुई संस्करणको च्याम्पियन श्रीलंका यसपटक सहभागी थिएन । माल्दिभ्सले यसअघि दुवै संस्करणमा तेस्रो स्थान हासिल गरेको थियो ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.