9 months ago
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।
प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ गरी १३ टोलीले सहभागिता जनाउने बताइएको छ । दुवैतर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार पुरुषतर्फ समूह ‘ए’ मा दुई विभागीय टोली एपिएफ र आर्मीसहित इस्पाइनल कट इन्जरी नेटवर्क नेपाल (एससिआइएनएन) र ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) छन्।
अर्को समूहमा बिआइए, नेपाल आदिवासी जनजाती अपांग संघ (एनआइडिए) र आयोजक टोली एनएससिआइए छन्।
त्यस्तै महिलातर्फ भने समूह ‘ए’ मा एससिआइएनएन, राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए छन्। अर्को समूहमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी), डब्ल्युएसए र बिआइए छन्।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको पहिलो दिन १५ खेल हुनेछन्। अन्तिम दिन सेमिफाइनल, तेस्रो स्थानको खेल र फाइनल हुने टेक्निकल हेड होनाले जानकारी दिए। समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
प्रतियोगिताको पहिलो खेलमा पुरुषतर्फ एपिएफ र एससिआइएनएन भिड्ने छन्। महिलातर्फ जावलाखेलले डब्ल्युएसएलाई चुनौती प्रस्तुत गर्नेछ।
संघकी अध्यक्ष देवी आचार्यका अनुसार महिला र पुरुष दुवैतर्फको विजेताले ५० हजार , दोस्रोले ४० र तेस्रोले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको हाइ स्कोरर र सर्वोत्कृष्ट खेलाडीले समान ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी सबै खेलाडीलाई जर्सीसहित प्रतिदिन १ हजार रुपैयाँ दरले यातायात खर्च र खाना खाजासमेत उपलब्ध गराइने उनले जानकारी दिइन्।
प्रतियोगिताको लागि १२ लाख २९ हजार रुपैयाँ लाग्ने आचार्यले जानकारी दिइन्।
‘मिति सर्दै जाँदा बल्लतल्ल ४ र ५ गते समय पाएका हौं। त्यसैले अनिश्चितता हुँदा तयारीका लागि पर्याप्त समय नै पाइनौं। छोटो समयमै विभिन्न निकायहरूमा आर्थिक सहयोग गर्न अनुरोध गरेका थियौं। तर, त्यसअनुसार सहयोग पाएनौं,’ उनले भनिनन्।
उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश र प्रदेश खेलकुद विकास परिषदबसट मात्रै सहयोग प्राप्त भएको छ।
हालसम्म १० लाख रुपैयाँ उठेको अध्यक्ष आचार्यले जानकारी दिइन्। यसपल्ट राखेपले कोर्ट उपलब्ध गराएको छ। यस्तै, नेपाल बास्केटबल संघ र एनएससिआइएले सहकार्य गर्नेछन्।
पत्रकार सम्मेलनमा संघ महासचिव राजु खड्का, उपाध्यक्ष सुन्दर राई, सचिव रवीन्द्र खड्का, सदस्य अनन्त राईलगायतको उपस्थिति थियो।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]