default_image

9 months ago

March 18, 2025

ह्विलचियर बास्केटबलमा जावलाखेल र आर्मी च्याम्पियन 

840 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्युएससी) महिलातर्फ र त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। 

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए) को आयोजना र युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सकिएको प्रतियोगिताका विजेता दुवै टोलीले ५० हजार रुपैयाँ प्राप्त गरे । 

जेडब्युएससीले ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) लाई २४–२३ को स्कोरले पराजित गरेको हो। जेडब्लुएससीलाई च्याम्पियन बनाउन रजनी राईले सर्वाधिक १४ अंक जोडिन्। उनी नै सर्वाधिक स्कोरकर्ता घोषित भइन् र ३ हजार रुपैयाँ हात पारिन्।

त्यसअघि जेडब्युएससीले सेमिफाइनलमा इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससिआइएनएन) लाई १७–६ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो। यता, डब्ल्युएसएले राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान)लाई १२–२ को स्कोरमा पराजित गरेको थियो। निडवानलाई हराउँदै एससिआइएनएन तेस्रो भयो।

विभागीय ‘डर्बी’ मा एपिएफलाई ४३–४१ ले हराउँदै आर्मी च्याम्पियन बन्यो। निकै रोमाञ्चक फाइनलमा निर्धारित खेल ३९–३९ को बराबरी सकिएको थियो। त्यसपछि विजेताको छिनोफानो गर्न अतिरिक्त ३ मिनेटको समय थप गरिएको हो। त्यसमा आर्मीले ४ र एपिएफले २ स्कोर जोड्यो। उपाधि दिलाउन आर्मीका रमेश खत्रीले सर्वाधिक १९ स्कोर जोडे। उनले ३ हजार रुपैयाँ प्राप्त गरे।

आर्मीले सेमिफाइनलमा बिआइएलाई ४०–१३ र एपिएफले आयोजक टोली एनएससिआइएसएलाई ४०–१० ले हराउँदै फाइनलमा भेट पक्का गरेका थिए।
आयोजक टोलीलाई १०–६ को स्कोरले हराउँदै बिआइए तेस्रो भयो।

दुवैतर्फ को दोस्रो टोलीले ४० र तेस्रो टोलीले ३९ हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ जावलाखेलको तुलशा मगर र पुरुषतर्फ कप्तान राम तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए। दुवै खेलाडीले समान ३ हजार रुपैयाँ प्राप्त गरे। 

 विजेता टोलीलाई राखेपका उपाध्यक्ष धुर्व आचार्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, एनएससिआइएसएका अध्यक्ष देवी आचार्यलगायतले पुरस्कृत गरेका। दुई दिन चलेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ७ टोलीको सहभागिता थियो।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.