10 years ago
December 16, 2015
डिफेडिङ च्याम्पियन मल्पी ‘ए’ ले छैटौं ट्रिनिटी अन्तर ए लेभल कलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
डिल्लीबजारस्थित आयोजक ट्रिनिटीको कोर्टमा भएको फाइनलमा मल्पी ‘ए’ ले जेभियर इन्टरनेसनललाई १४–९ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विजयी टिमबाट सौगात बानियाँ (कप्तान), वाङगेल गुरुङ, अमिन तामाङ र निमा टासी शेर्पाले प्रतिस्पर्धा गरेका थिए ।
शिक्षकको जिम्मेवारी रोविन खत्री (मेट्रो) ले सम्हालेका थिए ।
त्यसअघि बुधबारै भएको सेमिफाइनलमा जेभियरले मल्पी ‘बी’ लाई १६–१३ र मल्पी ‘ए’ ले युलेन्सलाई १४–१३ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए । मल्पी ‘ए’ का सौगता बानियाँ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
विजेतालाई ट्रिनिटीका प्रिन्सिपल निर्मल अधिकारी, ए लेभल निर्देशक अजित लामा, म्यानेजमेन्ट एन्ड ह्युमेनेटिजका निर्देशक दिनेश कट्टेल तथा जेनरल एडमिनिस्ट्रेसन डाइरेक्टर अम्बिर थापाले पुरस्कृत गरे । दुईदिने प्रतियोगतामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]