default_image

10 years ago

December 17, 2015

मल्पीलाई दोहोरो सफलता ; बुढानीलकण्ठ बिजय

211 views

0 Bookmark

मल्पीले पाँचौं अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता हात पारेको छ । मल्पीले ब्वाइज र गल्र्स दुवैमा विजयी सुरुआत गर्‍यो ।

budanilkantha basketball

नयाँ बानेश्वरस्थित आयोजक एसको कोर्टमा भएको उद्घाटन खेलको ब्वाइजमा मल्पीले रातो बंगलालाई ५७–३३ ले पराजित ग¥यो । मल्पीको जितमा अमिन तामाङले १६ अंक योगदान गरे । गल्र्समा डोली तामाङको २१ अंक सहयोगमा मल्पीले एसलाई ५५–४५ ले हरायो ।
ब्वाइजको अन्य खेलमा बुढानीलकण्ठ र ओरियन्टले सफलता पाए ।

बुढानीलकण्ठले आयोजक एसलाई ३५–३२ ले पन्छायो । विजेताका सयुजले २० स्कोर गरे । ओरियन्टले काष्ठमण्डपमाथि ३०–२२ को जित निकाल्यो । ओरियन्टका दीपेश तामुले ११ अंक जोडे ।

आठदिने प्रतियोगिताको ब्वाइजमा १० र गल्र्समा ६ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक आशिष केसीले जनाएका छन् ।

June 21, 2025

टाइम्सलाई हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको  छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा  गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]

June 12, 2025

कीर्तिपुर एचजेबिएलको प्ले अफमा

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]

June 7, 2025

टाइम्स एचजेबिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]

Success

Thank you for your time.