7 years ago
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले क्विक्स नेपाल बास्केटबल लिगमा शीर्षस्थानमा उक्लने सम्भावना बलियो बनाएको छ ।

मंगलबार त्रिभुवन आर्मी क्लबले बिएमसी साउथ साइडर्सलाई ९२–७१ को अन्तरले पराजित गरेको हो । आर्मीको सहज जितमा म्यान अफ दि म्या बनेका कप्तान रविन खत्रीले २१ अंकको साथै ९ असिस्ट, ३ रिवाउन्ड र २ स्टल गरेका थिए । उनले ३ हजार रुपैयाँ पाए ।
पहिलो क्वाटरमा आर्मीले २५–१५ को आरामदायी अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा २७–२० को अग्रता बनाएको आर्मीले तेस्रो क्वाटरमा २९–२४ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । चौथो क्वाटर २१–२१ को बराबरीमा सकिएपनि आर्मीले अघिल्लो तीन क्वाटरमा लिएको अगता नै जितमा पर्याप्त बन्यो ।
जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको २३ अंक पुगेको छ । आर्मीले लिगमा दुई खेल खेल्न बाँकी छ । साउथ साइडर्सको १३ अंक छ । साइडर्सलाई पराजित गरेपछि आर्मी शीर्षस्थानको टाइम्सभन्दा १ अंक पछाडी पुगेको छ । आर्मीले १ खेल कम खेलेको छ । प्रतियोगितामा बुधबार एएनके कीर्तिपुर बास्केटबल टिम र गोल्डेनकलेजबीच खेल हुनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]