6 years ago
July 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली बास्केटबल संघ (साबा) को आयोजनामा भएको तेस्रो साबा यू-१६ बास्केटबल प्रतियोगितामा नेपालले मिश्रित नतिजा निकालेको छ । दक्षिण एसियाका ५ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले चौथो स्थान हासिल गरेको हो ।

बंगलादेशमा आयोजित प्रतियोगिताको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग १ अंकको अन्तरले पराजित हुँदै चौथो स्थानमा सिमित भयो । शुक्रबारको खेलमा बंगलादेशले नेपाललाई ५६-५५ ले पराजित गरेको हो । नेपालले त्यसअघि बिहीबार प्रतियोगिताको एकमात्र जित दर्ता गर्ने क्रममा माल्दिभ्सलाई ७८-३२ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा बुधबार नेपालले भारतसँग १०३-२८ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा बिहीबार श्रीलंकासँग ६२-५५ ले पराजित भएको नेपालले त्यसै दिन बेलुका माल्दिभ्सलाई हराएको थियो ।
प्रतियोगिता अवधिभर अपराजित रहेको भारतले उपाधि जित्यो । श्रीलंका उपविजेता हुँदा तेस्रो स्थान बंगलादेशले हासिल गर्यो । जितविहिन रहेको माल्दिभ्स पुछारमा रहयो ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]