6 years ago
August 24, 2019
धरान (हाम्रो खेलकुद) – इटहरी स्ट्याग्सले होराइजन ‘ए’ लाई पराजित गर्दै नेपाल बास्केटबल लिग इस्ट थ्रि बाई थ्रि अन्तर्गत धरानको उपाधि जितेको छ । धरानको इन्डोर बास्केटबल कोर्टमा भएको एक दिने प्रतियोगिताको फाइनलमा इटहरीले होराइजन ‘ए लाई १३–१० को झिनो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

इटहरी स्ट्याग्स र होराइजन ‘ए’ ले भदौ १० माहुने बिर्तामोडको इस्ट फाइनल्समा पनि स्थान पक्का गरेको छ । यसअघि सेमिफाइनलमा इटहरीले आफ्नै ‘बी’ टिमलाई १५–८ ले पराजित गरेको थियो । होराइजन ए ले पनि आफ्नो ‘सी’ टिमलाई १२–९ ले हराएको थियो ।
धरानको प्रतियोगितामा कुल १६ टिम रहेको थियो । १६ टोलीलाई चार समूहमा विभाजन गरिदा हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनला स्थान बनाएका थिए । शुक्रबार भएको बिराटनगरको प्रतियोगितामा इस्टर्न स्विस र बाल कल्याण बिद्यामन्दिरले शीर्ष दुई स्थान ओगटेका थिए ।
आइतबार बिर्तामोडको प्रतियोगिता हुनेछ । त्यहाँको शीर्ष दुई टोलीले १० गतेको फाइनल खेल्नेछन् । एनबिएल इष्ट आयोजक बिपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन) ले पश्चिममा पनि एनबिएल वेष्टको नाममा अर्को प्रतियोगिता आयोजना गर्नेछ । पश्चिमका प्रमुख शहरहरु पोखरा, बुटवल र धनगढीमा एनबिएल वेष्ट हुनेछ र इस्टकै र्फम्याटमा खेलाइनेछ ।
पिडिसिएनमा पुरुषहरुको दुई संस्करणको नेपाल बास्केटबल लिग र महिलाहरुको वुमेन्स नेपाल बास्केटबल लिग सञ्चालन गरिसकेको छ । दुवै प्रतियोगिता नेपाली बास्केटबल इतिहासकै सर्वाधिक लामो र सर्वाधिक धनराशीको प्रतियोगिता रहेको छ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]