6 years ago
August 27, 2019
बिर्तामोड (हाम्रो खेलकुद) – नेपाल बास्केटबल लिग (एनबिएल) को थ्री वाई थ्री इस्टको उपाधि धरानको उपविजेता होराइजनले जितेको छ । बिर्तामोडमा मंगलबार भएको प्रतिस्पर्धात्मक फाइनलमा होराइजनले धरानकै इटहरी स्ट्याग्सलाई १५–१३ ले पराजित गर्दै एनबिएल थ्री वाई थ्री इस्टको उपाधि उचालेको हो ।

जितसँगै होराइजनले धरान लेगको फाइनलमा बेहोरेको हारको बदला लिएको छ । धरानमा भएको खेलमा होराइजन इटहरी स्ट्यागसँग १०–१३ ले पराजित भएको थियो । अन्तिम समय टेक्निकल फलबाट दुई फ्रि थ्रो पाएपछि होराइजनको जित सम्भव भएको थियो । दुवै टोलीको समान १३-१३ अंक रहेको अवस्थामा होराइजन निर्णायक अंक जोड्न सफल रहयो ।
होराइजनको जितमा कविन मगरले महत्वपूर्ण आठ अंकको योगदान दिए । सेमिफाइनलमा ११ स्कोर गरेका उनले फाइनल्समा कुल ३५ स्कोर गरे । उनले प्रतियोगितामा सर्वाधिक ४३ स्कोर गरे । होराइजनले सेमिफाइनलमा विराटनगरको विजेता बाल कल्याण विद्या मन्दिरलाई २१–८ को फराकिलो अन्तरले पराजित गरेको थियो । इटहरी स्ट्याग्सले विराटनगरको बिजेता इस्टर्न स्विसलाई २१–१७ ले पराजित गरेको थियो ।
च्याम्पियन बनेसँगै होराइजनले ५० हजार र स्ट्याग्सले २५ हजार नगद पुरस्कार प्राप्त गर्यो । विपन्न बाल बलिका खेलकुद नेपालल (पिडिसिएन) ले आयोजना गरेका प्रतियोगितामा पूर्वका तीन शहरबाट कुल २९ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितालाई पिडिसिएनले भविष्यमा हुने प्रतियोगिताहरुको लागि ट्यालेन्ट हन्टको रुपमा पनि लिएको छ । पिडिसिएन ले पश्चिममा पनि एनबिएल थ्रि बाई थ्रि वेष्ट आयोजना गर्नेछ । पश्चिमका प्रमुख शहरहरु पोखरा, बुटवल र धनगढीमा एनबिएल वेष्ट हुनेछ र इस्टकै पद्दतिमा खेलाइनेछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]
June 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा बिहीवार कीर्तिपुर बास्केटबल क्लबले रोयललाई ९३-८७ ले पराजित गरेको छ । योसँगै लिग चरणका सबै ३० खेल सकिएका छन् । फाइनल र तेस्रो स्थानका लागि भिड्ने टोलीको समिकरण पूरा भएको छ। यो जितपछि कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा […]
June 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हाउण्ड्स एकेडेमीलाई पराजित गर्दै टाइम्स बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को फाइनलमा प्रवेश गरेको छ । शनिवार भएको आफ्नो अन्तिम लिग खेलमा टाइम्सले हाउण्ड्सलाई ९२-६७ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । टाइम्सले अब उपाधिका लागि यसअघि नै फाइनलमा स्थान बनाइसकेको गोल्डेनगेटसँग प्रतिस्पर्धा गर्नेछ । हाउण्ड् यसअघि […]