default_image

4 years ago

January 27, 2020

सारा विश्वसँगै नेपालले गुमाएको ‘कोबी’

सुबास हुमागाईं, काठमाडौं आइतबार नेपाल मध्यरातको निन्द्रामा रहँदा सात समुन्द्र पारि संयुक्त राज्य अमेरिकामा बास्केटबलका दिग्गज कोबी ब्रायन्ट चढेको हेलिकप्टर दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा कोबीसहित उनको १३ वर्षिया छोरी जियाना र हेलिकप्टरमा सवार ७ जनाको घटनास्थलमै मृत्य भयो । केहीबेरमा नै समाचार विश्वव्यापी रुपमा फैलियो । नेपालमा भने म लगायत अन्य खेलप्रेमीका लागि विहान […]

109 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

आइतबार नेपाल मध्यरातको निन्द्रामा रहँदा सात समुन्द्र पारि संयुक्त राज्य अमेरिकामा बास्केटबलका दिग्गज कोबी ब्रायन्ट चढेको हेलिकप्टर दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा कोबीसहित उनको १३ वर्षिया छोरी जियाना र हेलिकप्टरमा सवार ७ जनाको घटनास्थलमै मृत्य भयो । केहीबेरमा नै समाचार विश्वव्यापी रुपमा फैलियो । नेपालमा भने म लगायत अन्य खेलप्रेमीका लागि विहान उठ्दाको पहिलो खबर त्यहि नै थियो ।

उठ्ने बितिक्कै सामाजिक संजालमा मेरा एक मित्रले राखेको पोस्ट देख्दा पत्यार लागेन । तर त्यसको केहि सेकेन्डमा नै जब आफ्नो टाइमलाइन स्क्रोल गर्न थालें, अधिकांशको पोस्ट देखें । ईएसपीएन, बीबीसी, डेलीमेल लगायत अन्तर्राष्ट्रिय मिडियाले लेखेको समाचार पढ्दै जाँदा जिरिङ्ग भइरहेको थियो । म आफू कोबीको खेल पछ्याएर हेर्ने फ्यान त होइन तर उनको खेलप्रतिको लगाव, उनको आलेख, उनको बारेमा लेख पढ्दै जाँदा उनीप्रति बेग्लै सम्मान रहेको थियो ।

कोबीले आफ्नो खेलाडी जीवनभर लास एन्जेलस लेकर्सबाट २० वर्ष खेले । यसक्रममा उनले ५ पटक एनबीए उपाधि जिते र २ पटक फाइनल्स एमभीपी समेत भए । दुई पटक ओलम्पिकमा स्वर्ण जितेका उनको परिचय एक दिग्गज खेलाडीसँगै एक भलाद्मी व्यक्तिको रुपमा समेत रहेको छ । जोकोही उनलाई व्यक्तिगत रुपमा चिन्छन्, उनीहरुको शब्दले नै उनको महानता दर्शाउँछ । उनले खेल त बास्केटबल खेले, तर सम्पूर्ण खेल जगतमा आफ्नो परिचय जमाए । खेलबाहिर पनि उनले समाजमा आफ्नो खेल जीवन र शब्दले थुप्रैलाई प्रेरणा दिएका छन् ।

कोबीले सन् २०१६ मा खेल जीवनबाट संन्यास लिए । त्यसअघि उनले सन् २०१५ मा आलेख लेखेका थिए । ‘डियर बास्केटबल’ अर्थात ‘प्रिय बास्केटबल’ नामक उक्त आलेख धेरै लामो छैन, तर त्यसमा रहेको शब्द शब्दले उनको बास्केटबलप्रतिको प्रेम झल्काएको थियो । पछि त्यसै आलेखलाई कोबीका मित्रले कार्टुनमार्फत एक सर्ट मुभी बनाए । उक्त सर्ट मुभीले सन् २०१८ मा ओस्कार अवार्ड नै जितेको थियो । व्यक्तिगत रुपमा भन्नुपर्दा कोबीको यो सर्ट मुभीले म आफैंले धेरैपटक हेरेको छु । र यसले मभित्र बेग्लै उर्जा दिन्छ ।

आइतबार विहान कोबीले संसार छाड्दा साँझ लेकर्सको घरेलु कोर्ट स्टेपल्स सेन्टरमा विश्व प्रख्यात संगीतको अवार्ड समारोह ग्र्यामी अवार्ड आयोजना हुने कार्यक्रम थियो । कोबीको निधनपछि ग्र्यामीको सुरुवात नै उनको लागि समर्पित प्रस्तुतिबाट भएको थियो । कार्यक्रम संचालक एलिसिया किजले सुरुवातमा दिएको संदेशले पनि कोबीको महत्त्व खेलक्षेत्र बाहिर कतिको थियो भन्ने प्रष्ट हुन्छ । संगीत क्षेत्रको सर्वाधिक ठूलो समारोहमा कोबीको निधनले यस किसिमको स्थान पाउनु सामान्य होइन ।

त्यसो त विश्वका हरेक क्षेत्रबाट उनलाई श्रद्धाञ्जली शब्द अर्पण भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा, गायक जोन लेजेन्ड, गल्फर टाइगर उड्स, धावक उसेन बोल्ट, क्रिकेटर विराट कोहली, गायिका टेलर स्विफ्ट लगायत थुप्रै हस्तीहरुले सामाजिक संजालबाट श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बास्केटबल खेलसँग सम्बन्धित सायदै कोहि होला जसले कोबीलाई आफ्नो आदर्श नमानेको होस् । उनले आफ्नो समकालीन र आफूभन्दा पछिका मात्र नभएर उनीभन्दा अगाडीका खेलाडीमा पनि प्रभाव जमाएका थिए । कोबीले संन्यास लिएपछि लेकर्सले उनले प्रयोग गरेको ८ र २४ नम्बरको जर्सी रिटायर गरेको थियो । अर्थात् आउने दिनमा कसैले पनि उक्त जर्सी प्रयोग गर्ने छैन । आइतबार उनको निधनपछि एनबीएका केहि अन्य टोलीले पनि २४ नम्बर जर्सी रिटायर गरेका छन् । कोबीलाई समर्पित गर्दै एनबीएका अधिकांश खेलमा आज सुरुवाती २४ सेकेन्ड दुवै टोलीले जानाजान २४ सेकेन्ड भायोलेसन फल लिएका थिए ।

सारा विश्वले कोबीलाई सम्झंदा नेपालको खेल जगत पनि त्यसबाट अछुतो रहेन । राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले सवेरै एक तस्बिर पोस्ट गरेकी छिन् । कोबीको तस्बिरमा चुम्बन गरिरहेको उक्त तस्बिरमा भावुक क्यापसन लेखेकी छिन् ।

पुरुष राष्ट्रिय टोलीका कप्तान पारस खड्का युवा अवस्थामा बास्केटबल खेलाडी पनि थिए । राष्ट्रिय स्तरको बास्केटबलमा नियमित खेलेका उनी क्रिकेटमा समय दिन थालेपछि त्यसबाट टाढिएका थिए । उनले सामाजिक संजालमा लेख्दै आफ्नो सुरुवाती दिनमा कोबी प्रेरणाका पात्र भएको लेखेका छन् ।

सोमबार दिउँसो राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत उपाधि होडमा रहेका मछिन्द्र र रुस्लान थ्री स्टारको खेल थियो । उक्त खेलमा मछिन्द्रका लागि सुरुवाती गोल गरेपछि युवा फरवार्ड रेजिन सुब्बाले गोलको खुसी मनाउने क्रममा एक हातले २ र अर्को हातले ४ को संकेत गर्दै कोबीलाई आफ्नो गोल समर्पित गरे ।

राष्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहाले पनि आफू बास्केटबलमा लाग्नुको कारण नै कोबी भएको भन्दै उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रिय टोलीका सदस्य तथा नेपाली बास्केटबल क्षेत्रका अन्यले पनि उनलाई सम्झेका छन् ।


विराटनगरमा जारी हिसानको बास्केटबल प्रतियोगिताको सुरुवातमा पनि कोबीको सम्झनामा मौन धारण गरिएको थियो ।

कोबीले विश्व जगतमा कस्तो प्रभाव जमाएका छन् भन्ने नेपाल एक प्रतिनिधि पात्र मात्र हो । बास्केटबलको तुलनात्मक रुपमा अन्य राष्ट्रभन्दा कम प्रभाव रहेको नेपालमा धेरैले कोबीलाई प्रेरणाका स्रोत मान्दै आएका थिए । उनले आफ्नो जीवनकालमा धेरैलाई प्रेरणा दिए नै उनको अल्पायुमै मृत्ययु हुनुले धेरैलाई अझ धेरै मिहिनेत गर्न प्रेरित गर्नेछ । कोबीले शारीरिक रुपमा छोडेर गएपनि उनले आफ्नो विरासत भने संसारमाझ छाडेर गएका छन् ।

April 24, 2024

थ्री बाइ बास्केटबल टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय टोली बिहीबार चीनको युन नान प्रस्थान गर्ने भएको छ । विजय बुर्जा कप्तान रहेको टोलीको अन्य खेलाडीमा निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् । बुधबारदेखि सुरु भइसकेको […]

April 20, 2024

ह्विलचियर स्पोर्टस र सशस्त्रलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम प्रधान सेनापति ह्विलचियर बास्केटल प्रतियोगिताको उपाधि महिलामा ह्विलचियर स्पोर्टस एसोसिएसन र पुरुषमा सशस्त्र प्रहरी बलले जितेको छ । नेपाली सेनाको आयोजना भएको प्रतियोगिताको महिलातर्फको फाइनलमा ह्विचियर स्पोर्टसले स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपाललाई हराउँदै उपाधि जितेको थियो । जावलाखेल ह्विलचियर स्पोर्टस क्लब तेस्रो भयो । श्री सैनिक पुनर्स्थापना केन्द्र, भण्डारखालमा भएको प्रतियोगिताको […]

April 10, 2024

ह्विलचियर बास्केटबल – जावलाखेल र आर्मीलाई उपाधि

काठमाडौ (हाम्रो खेलकुद) – दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्लुएससी) र पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा जेडब्लुएससीले एससिआईएनएनलाई १८–७ ले हराउँदै महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फकाके […]

Success

Thank you for your time.