default_image

2 years ago

March 10, 2022

अर्धशतक बनाउँदै नेपालका दुबै ओपनर आउट

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँग अर्धशतक बनाउँदै आउट भएका छन् ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । क्रिजमा आरिफ शेख २ र रोहित कुमार पौडेल २४ रनमा खेलि रहेका छन् । ओपनर कुशल भुर्तेल ५७ र आसिफ शखे ५२ रनमा आउट भएका हुन् ।

नेपालको टोलीमा आसिफ शेख, आरिफ शेख, करण केसी र कमलसिंह ऐरी टोलीमा फर्किएका छन् । श्रीलंका नेभी स्पोर्ट्स क्लबाट ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव र विक्रम सोबलाई टोलीले विश्राम दिएको छ ।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा ८२ रनले पराजित गरेको थियो । नेपालले अन्तिम खेल शुक्रबार श्रीलंका संयुक्त ११ सँग खेल्नेछ । मार्च १४ मा नेपाल युएई पुग्नेछ । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी ९पिएनजी० सँग खेल्दै सुरुवात गर्नेछ ।

२२ मार्च सम्म नेपाल युएईमा रहनेछ । त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

नेपालले चैत ११ (मार्च २५) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ ९२६ मार्च० मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते ( मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), करण केसी, कुशल भुर्तेल, आसिफ शेख, कमलसिंह ऐरी, विनोद भण्डारी, सागर ढकाल, रोहित कुमार पौडेल, भीम सार्की, पवन सरार्फ र आरिफ शेख ।

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

May 15, 2024

स्यान्टु ओलम्पिकमा छनोट हुने तेस्रो‌ नेपाली

काठमाडौं (हाम्रो खेलकुद)- स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्। पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार भएको फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४-३ सेटले हराउँदै स्यान्टुले ओलम्पिक यात्रा गरेका हुन्। लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्यान्टु ११-७,८-११,११-७,११-६,८-११,८-११, ११-९ ले विजयी‌ भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो […]

Success

Thank you for your time.