default_image

2 years ago

September 19, 2022

बंगलादेशलाई दुई गोलको अग्रता

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल र बंगलादेश खेलिरहेका छन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेश २-० ले अघि छ ।

खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ नेपालकी दीपा शाहीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुपना चक्माले बचाइन् ।

बंगलादेशले खेलको दशौं मिनेटमा नै खेलाडी परिवर्तन गर्यो । पछिल्लो खेलमा चोट बोकेपनि सुरुवात गरेकी मोसमत सोप्नाको स्थानमा साम्सुनाहार मैदान प्रवेश गरिन् । मैदान छिरेको ३ मिनेटमै साम्सुनाहारले गोल गरिन् । उनले मोनिका चक्माको क्रसलाई पहिलो टचमै पोस्टको दिशा दिइन् । गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको टाउको माथिबाट बल गोल भएको थियो ।

२२ औं मिनेटमा प्रिती राईको पासमा सरु लिम्बुले गरेको प्रहार डिफेन्डरले ब्लक गर्दै गोलरक्षकसम्म पुग्न दिइनन् । खेलको ३६ औं मिनेटमा अनिता बस्नेतको फ्रिकिकलाई गोलरक्षक रुपनाले डाइभ दिँदै उत्कृष्ट बचाउ गरिन् । त्यसपछि प्राप्त कर्नरमा नेपालले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । गोलरक्षक बिट भइसकेको अवस्थामा गोललाइन अघि बंगलादेशका डिफेन्डरले तेस्रो प्रयासमा बल क्लियर गरिन् ।

४१ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । साम्सुनाहारले पेनाल्टी क्षेत्रअघि बल खोसेपछि कप्तान सविना खातुनले कृष्णारानीलाई थ्रु पास दिइन् । कृष्णाले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनमा एन्जिलालाई बचाउने कुनै अवसर दिइनन् ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.