default_image

2 months ago

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

1865 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् ।

उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् ।

बिजनेस म्यागजिन फोर्ब्सका अनुसार ३९ वर्षीय पोर्चुगल फरवार्डले पछिल्लो १२ महिनामा १ सय ३६ मिलियन डलरदेखि २ सय ६० मिलियन डलर कमाएका छन् ।

रोनाल्डोका अर्जेन्टिनी प्रतिद्वन्द्वी लियोनल मेस्सी तेस्रो स्थानमा झरेका छन् । यो सुचीमा गल्फका जोन रहम दोस्रो स्थानमा उक्लिएका छन् ।

स्पेनिस गल्फरले साउदी अरबको सहयोगमा भएको लिभ गल्फ टूरपछि २ सय १८ मिलियन डलर कमाई गरेको रिपोर्ट छ ।
साउदी प्रो लिगमै प्रस्थान गरेपछि ब्राजिली फुटबलर नेयमार र फ्रान्सेका करिम बेन्जेमा पनि फोर्ब्सको शीर्ष १० मा अटाएका छन् ।

जियानिस एन्टेटोकोनम्पो पाँचौं स्थानमा रहँदा उनका सहयात्री बास्केटबलका स्टारहरु लेब्रोन जेम्स चौथो र स्टेफन करी नवौं स्थानमा छन् । अमेरिकी फुटबलर लामार ज्याक्सन शीर्ष १० मा अटाएका छन् ।

फोब्र्सका अनुसार, विश्वका १० सबैभन्दा धेरै कमाउने एथलीटहरूले विगत १२ महिनामा कर र एजेन्टको शुल्कअघि सामूहिक रूपमा १.३८ बिलियन कमाएका छन् । जुन अहिलेसम्मकै उच्च हो ।

सन् २०२४ मा सबैभन्दा धेरै कमाउने विश्वका शीर्ष १० खेलाडीहरू
१. क्रिस्टियानो रोनाल्डो, फुटबल – २६० मिलियन डलर
२. जोन रहम, गल्फ – २१८ मिलियन डलर
३. लियोनेल मेस्सी, फुटबल – १३५ मिलियन डलर
४. लेब्रोन जेम्स, बास्केटबल – १२८.२ मिलियन डलर
५. जियानिस एन्टेटोकोनम्पो, बास्केटबल – १११ मिलियन डलर
६. केलियन एमबाप्पे, फुटबल – ११० मिलियन डलर
७. नेयमार, फुटबल – १०८ मिलियन डलर
८. करिम बेन्जेमा, फुटबल – १०६ मिलियन डलर
९. स्टेफन करी, बास्केटबल – १०२ मिलियन डलर
१०. लामार ज्याक्सन, अमेरिकी फुटबल – १००.५ मिलियन डलर

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.