5 months ago
April 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड मेसुके ओलोमोउले दुई गोल गरेपछि फुटबल क्लब खुमलटारले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ । सातौं मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए । स्टेफन बिनोङको क्रसमा राजीव लोप्चनले पेनाल्टी क्षेत्र भित्रबाट मेसुकेलाई पास दिएपछि क्यामरुनी फरवार्डले शक्तिशाली प्रहारमार्फत गोल गरे । १८ […]
काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड मेसुके ओलोमोउले दुई गोल गरेपछि फुटबल क्लब खुमलटारले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ ।
सातौं मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए । स्टेफन बिनोङको क्रसमा राजीव लोप्चनले पेनाल्टी क्षेत्र भित्रबाट मेसुकेलाई पास दिएपछि क्यामरुनी फरवार्डले शक्तिशाली प्रहारमार्फत गोल गरे ।
१८ औं मिनेटमा आर्मीले बराबरी गोल फर्कायो । नवयुग श्रेष्ठले सिजनको चौथो गोल गर्ने क्रममा पेनाल्टीमा बराबरी गोल गरेका थिए । नवयुगकै फ्लिक अभिषेक लिम्बुले पेनाल्टी क्षेत्रभित्र हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
२७ औं मिनेटमा मेसुकेले फ्रिकिकमा गोल गर्दै खुमलटारको अग्रता पुन: स्थापना गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो ।
इन्ज्युरी समयमा आर्मीले बराबरी गर्न सुवर्ण अवसर पाएको थियो । जगजित श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्सले रोके । फुस्किएको बल जिलेस्पीले ब्याक पास दिएपछि जगजितको दोस्रो प्रहार सिधै गोलरक्षक देव लिम्बूको हातमा पुग्यो ।
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो ब्याचका खेलाडीलाई सम्मानित गरेको छ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्ने नेपालका पहिलो ब्याचका सबै खेलाडी र प्रशिक्षकलाई क्यानले सम्मानित गरेको हो । क्यानको केन्द्रिय साधारण सभा तथा अधिवेशनको क्रममा उनीहरुलाई सम्मान गरेको हो । कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले खेलाडीहरुलाई […]
September 22, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – १९ अौें एसियाली खेलकुद अन्तर्गत टेबल टेनिसको प्रारम्भिक चरणमा नेपालले पहिलो दिन महिला र पुरुष दुवैको टिम इभेन्टमा हार बेहोरेको छ । पुरुषतर्फ जापानसँग ३-१ ले हारेपनि १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । जापानविरुद्ध नेपालका कुनैपनि खेलाडीले सेट जितेको यो पहिलो अवसर […]