1 year ago
July 27, 2024
एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो ।
स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ आभरमा १ सय ६३ रन बनाउँदै अल आउट भयो ।
नामिबियाका लागि कप्तान हेरार्ड इरास्मसले ७३ बलमा ५३ रन बनाए । उनले ६ चौका प्रहार गरे । जेन ग्रिनले २८, मलान क्रुजरले २७, शौन फौचेले १८ तथा जेजे स्मिथले ११ रन जोडे ।
स्कटल्यान्डका लागि ब्राड करी र गाभिन मेनले समान ३ तथा माइकल लिग्स र ब्रेन्डन म्याकमुलनले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि माइकल इंग्लिसले १ सय २२ बलमा १ सय ७ रन बनाए । डेब्यु खेलमा शतक बनाउने क्रममा इंग्लिसले ९ चौका र २ छक्का प्रहार गरे ।
कप्तान रिची बेरिङ्टनले ८१ बलमा ८९ रन बनाए । बेरिङ्टनले ११ चौका र १ छक्का प्रहार गरे । क्रिस ग्रेभ्सले अविजित ३१, ब्रेन्डन म्याकमुलनले १५ तथा मार्क वाटले अविजित १० रन जोडे। नामिबियाका लागि शौन फौचेले ३ तथा बेन सिङ्कन्गो र टांगेनी लुंगामेनी समान १ विकेट लिए ।
जितसँगै ८ टोली सहभागी लिग टु को अंक तालिकामा स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । ८ अंकका साथ नामिबिया तेस्रो स्थानमा छ । अंकतालिकामा २ अंकका साथ नेपाल छैटौं स्थानमा छ । लिग टुको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]