default_image

2 years ago

August 8, 2023

पहिलो हाफमै मछिन्द्रको तीन गोल

2077 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्लेअफ अन्तर्गत भुटानको पारो फुटबल क्लब विरुद्ध पहिलो हाफमै ३ गोल गरेको छ ।

खेलको सुरुवातमै पछि परेको अवस्थाबाट पुनरागमन गर्दै मछिन्द्र पहिलो हाफमा ३-१ ले अघि बढेको हो । मछिन्द्रका लागि आयुष घलान, विमल घर्ती मगर र अ‍ोलावाले आफिजले १-१ गोल गरे ।

खेलको छैटौं मिनेटमा पारोले अग्रता लियो । पेनाल्टी क्षेत्रको बायाँ भागबाट यशी दोर्जीले दिएको पासमा काजुअ‍ोको प्रहार गोल भएको थियो । जापानी फरवार्डको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउने प्रयास गरेपनि उनको हातमा लाग्दै पोस्टभित्र छिर्यो ।

तर मछिन्द्रले पाँच मिनेट नबित्दै खेल बराबरीमा ल्यायो ।१२ अ‍ौं मिनेटमा सर्ट कर्नरपछि आयुषको क्रमलाई विमलले हेडरमार्फत गोलमा परिणत गरे ।

लगत्तै १५ अ‍ौं मिनेटमा विमल र आयुषको सहकार्यमा मछिन्द्रले अग्रता लियो । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरे ।

३९ अ‍ौं मिनेटमा मछिन्द्रका लागि अ‍ोलावाले आफिजले गोल थपे । मिडफिल्डमा अ‍ोमोलाजा करीमले बल जितेपछि सुरु भएको काउन्टर अट्याकमा मछिन्द्रले सुन्दर मुभ सिर्जना गरेको थियो । करीमले अन्तिममा दायाँ विंगबाट दिएको क्रसमा आफिजले हेडरमा गोल गरे ।

December 7, 2025

पुलिसलाई अर्जुनधारा महिला भलिबलको उपाधि

हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

Success

Thank you for your time.