1 year ago
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलवार जित हासिल गरेका छन् ।
उपाधिमा ह्याट्रिक गर्ने अभियानमा रहेका प्रदीपले प्रितम परियारलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप पछिल्लो दुई संस्करणका विजेता विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई ६–० र ६–२ तथा प्रणवले विपुलविभोर अधिकारीलाई ६–० र ६–० को सोझो सेटमा हराए ।
सोही स्पर्धामा प्रणव मानन्धरले निजेज महर्जनलाई ६–० र ६–०, आयुशमान हजुर घलेले निश्चल कायश्थलाई ६–० र ६–३, निहालजंगबहादुर थापाले प्रणव वैद्यलाई ६–१ र ६–० तथा ऋतिक राणाले बोरिस अधिकारीलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाए ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, इलम दीक्षित, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ, समिर गुरुङ, सोवित गौचन, सन्तोष खत्री र कुमार तामाङ विजयी भए । सोही उमेरसमूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यात, देव क्षेत्री र दीप राणा, कमलबहादुर भण्डारी र यज्ञ भण्डारी तथा इलम र जितेन्द्रको जोडीले जित हात पारे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे, मनोजविक्रम शाह, उत्तम शेर्पा र कमल थापा विजयी भए । ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, छेवाङ लामा र सुमित मैनाली, सुरज श्रेष्ठ र सुरेश श्रेष्ठ तथा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीले सफलता पायो ।
६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणा तथा मनोज राणा र प्रकाश बोगटीको जोडी ले जित हासिल गर्यो । ५५ वर्षमाथि पुरुष डबल्समा राम राणा र उत्तम बोगटीको जोडीले वाकओभर पायो ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–८ गल्र्स सिंगल्समा निम्ति कुँवर र अमिरा गुप्ता फाइनलमा पुगे । सोही स्पर्धाको ब्वाइजमा कायन चालिसे र तोनिश श्रेष्ठले उपाधि भिडन्त निश्चित गरे । यु–१२ गल्र्स सिंगल्समा आयुशा जिसी, सरा पन्त, मेरिशा थापा र अनुश्री धोजुले जित हासिल गरे ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]