default_image

2 months ago

September 27, 2023

नेपालले पहिलो विकेट गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई गुमाएको छ । चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै ४४ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट भएका छन् । आसिफ टप एज […]

2934 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई गुमाएको छ । चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ ओभरमा १ विकेट गुमाउँदै ४४ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट भएका छन् ।

आसिफ टप एज लागेर कट विहाइन्ड हुन पुगेका हुन् । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल १६ बलमा २ चौकासहित १७ रनमा क्रिजमा छन् । कुशल मल्ल तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका छन् ।

मंगोलियालाई जित र हारको नतिजासँग खासै ध्यानमा राख्ने छैन । नेपालबाट धेरै कुरा सिक्ने सोचमा हुनेछ । कमजोर मंगोलियाविरुद्ध नेपाललाई भने विश्व कीर्तिमानको वर्षात गराउने अवसर हुनेछ । यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल –कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।

December 9, 2023

काठमाडौंको अपराजित यात्रा तोड्दै बुटवल तेस्रोमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबलाई सिजनको पहिलो हार चखाउँदै बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ को तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार साँझ काठमाडौंलाई २-१ ले पराजित गर्दै बुटवलले सिजनको दोस्रो जित दर्ता गरेको हो । पहिलो खेलमा जित हासिल गरेपछि लगातार बराबरी खेलेको काठमाडौंले चौथो […]

December 9, 2023

बिनोङको गोलमा बुटवललाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड स्टेफन बिनोङको गोलमा बुटवल युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिग २ मा काठमाडौं रेजर्स एफसीविरुद्ध अग्रता लिएको छ । साविक विजेता काठमाडौंविरुद्ध बुटवलले उत्कृष्ट प्रदर्शन गरेको छ । जिलेस्पी जंग कार्कीले सुरुवाती समयमा काठमाडौंका कप्तान कुलदीप कार्कीलाई बायाँ विंगमा निकै समस्या दिए । काठमाडौंले खेलको माहोल विपरित बढेको आक्रमणमा […]

December 9, 2023

धनगढी र इलामको रोमान्चक बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम डे मेची एफसीले अंक बाँडेका छन् । इलामले पहिलो हाफमा २-० को अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन नसक्दा खेल २-२ को बराबरीमा सकियो । धनगढीले पहिलो हाफमा राम्रो प्रदर्शन गरेपनि अन्त्यतिर लगातार दुई गोल खाँदा […]

Success

Thank you for your time.