2 years ago
September 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध पहिलो पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा ६२ रन बनाएको छ ।
चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ६२ रन बनाएको छ । कुशल मल्ल ७ बलमा २ चौका र १ छक्कासहित १८ रनमा क्रिजमा छन् । कुशल भुर्तेल १८ बलमा २ चौकासहित १८ रनमा क्रिजमा छन् ।
ओपनर आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे । आसिफ टप एज लागेर कट विहाइन्ड हुन पुगेका हुन् । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए ।
June 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधवार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ । ड्याफोडिलका विधार्थीसँग भएको अन्तरक्रियात्मक स्कुल टु ओलम्पिक कार्यक्रममा एसोसिएसनका अध्यक्ष दीपक विष्ट, सचिव देवु थापा, सन्तोषी श्रेष्ठ र प्रिन्स दाहालले आफ्नो खेल जीवन सुरुवात, यात्रा , कठिनाई र सफलताको प्रसंग साटेका थिए। तेक्वान्दोका दीपक र जुडोकी देवुले […]
June 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टिमका सदस्य एमेच्योर राहुल विश्वकर्मा सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन् । समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले प्रो गल्फर तथा दोस्रो दिनका संयुक्त लिडर सुभाष तामाङलाई एक स्ट्रोकले पछि पारे । राहुलले तेस्रो दिन बुधबार ६-अन्डर ६६ को उत्कृष्ट स्कोर निकाले । भारतीय […]
June 18, 2025
एजेन्सी – साविक विजेता लिभरपुलले २०२५–२६ प्रिमियर लिग सिजनको उद्घाटन खेलमा बर्नमाउथको सामना गर्नेछ। म्यानचेस्टर युनाइटेड र आर्सनलले एक अर्काको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्नेछन् । आर्ने स्लटको नेतृत्वमा पहिलो सिजनमै लिग उपाधि जितेको लिभरपुलले अगस्ट १५(साउन ३० गते) एनफिल्डमा नयाँ सिजनको उद्घाटन खेल खेल्दै आफ्नो उपाधि रक्षा यात्रा सुरु गर्नेछ। २०१६–१७ पछि पहिलोपटक […]