default_image

1 month ago

October 17, 2023

पहिलो हाफमा नेपाल र लाओस बराबर

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोटको पहिलो चरणको अन्तर्गत नेपाल र लाओसबीच जारी दोस्रो लेगको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले आक्रमणमा खासै अवसर सिर्जना गर्न नसकेको खेलमा गोल पनि हुन सकेको छैन । १२ औं मिनेटमा दिनेश हेन्जनले फ्रि-किक मा क्रस गरेको बल लाओस गोलरक्षकले सजिलै समाते । १७ औं […]

462 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप छनोटको पहिलो चरणको अन्तर्गत नेपाल र लाओसबीच जारी दोस्रो लेगको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले आक्रमणमा खासै अवसर सिर्जना गर्न नसकेको खेलमा गोल पनि हुन सकेको छैन ।

१२ औं मिनेटमा दिनेश हेन्जनले फ्रि-किक मा क्रस गरेको बल लाओस गोलरक्षकले सजिलै समाते । १७ औं मिनेटमा लाओसका माइकल भाङको प्रहार नेपाली कप्तान किरण चेम्जोङले राम्रो बचाउ गरेर टारे ।

२२ औं मिनेटमा दिनेश हेन्जनको क्रसमा उत्सव राईले बक्समा खाली रहेको अवस्था बाट गरेको हेडर पोस्टको माथिबाट बाहिरियो । ३९ औं मिनेटमा लाओसका चोनि वेनपासर्थको बक्स भित्र बाट लिएको प्रहार पोस्टको केही टाढा बाट बाहिरियो । ४२औं मिनेटमा वेनपासर्थबाट आएको प्रहार किरण चेम्जोङले सजिलै बचाए ।

पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता लिने अर्को अवसर पाएको थियो । दिनेशको क्रसमा अनन्त तामाङले गरेको प्रहार सटिक हुन नसक्दा ६ यार्ड बक्सभित्र पुगेको बलमा कुनै नेपाली खेलाडी पुग्न सकेनन् ।

नेपालमा भएको पहिलो लेगको पहिलो खेल गत बिहिबार १-१ गोलमा सकिएको थियो । आजको खेलको ९० मिनेट सम्ममा कुनै टोली विजयी भए स्वतः दोस्रो चरणमा अघि बढ्नेछ । तर ९० मिनेट सम्म पनि नतिजा आउन नसके खेल ३० मिनेटको थप समयमा जाने छ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।

यस खेलको विजेता छनोटको दोस्रो चरणको समूह एचमा आफ्नो स्थान बनाउने छ । समूह एचमा युएइ, बहराइन सहित यमन रहनेछन् ।

November 29, 2023

ललितपुरलाई पोखराको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत बुधबारको खेलमा ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सले खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । पोखरा र ललितपुर दुवैले पहिलो खेलमा जित दर्ता गरेका थिए । पोखराले पहिलो खेलमा चितवनलाई हराउँदा आइकोनिक खेलाडी तथा कप्तान दिनेश राजवंशीले राम्रो प्रदर्शन गरेका […]

November 29, 2023

बार्सिलोना तीन वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे । सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग […]

November 28, 2023

म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाको रोमान्चक जित

एजेन्सी – ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले तेस्रो टि२० आई सिरिजमा भारतमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २-१ ले पछि छ । जितको लागि २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रम ब्याटर ग्लेन म्याक्सवेलले ४८ […]

Success

Thank you for your time.