default_image

2 months ago

October 21, 2023

नेपाल बलियो अवस्थामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२०आई सिरिज तेस्रो खेलमा हङकङविरुद्ध बलियो स्थितिमा रहेको छ । नेपालले प्रस्तुत गरेको २ सय १४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हङकङ ११ ओभरमा ३ विकेट गुमाउँदै ७७ रनको स्थितिमा छ । अंशुमन रथ ४१ रन र एजाज खान ६ रनमा खेलिरहेका छन् । करण केसीले इनिङको दोस्रो बलमै […]

594 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२०आई सिरिज तेस्रो खेलमा हङकङविरुद्ध बलियो स्थितिमा रहेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय १४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हङकङ ११ ओभरमा ३ विकेट गुमाउँदै ७७ रनको स्थितिमा छ । अंशुमन रथ ४१ रन र एजाज खान ६ रनमा खेलिरहेका छन् ।

करण केसीले इनिङको दोस्रो बलमै मार्टिन कोट्जीलाई शून्यमा बोल्ड गरेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तेस्रो ओभरमा ललित राजवंशीले कप्तान निजाकत खानलाई २ रनमा क्याच आउट गराए ।

त्यसपछि बाबर हायात र अंशुमन रथले ४५ रनको साझेदारी गर्दै टोलीलाई उकासे । तर आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले बाबरलाई पेभेलियन फर्काए । उनले १५ बलमा ३ चौकासहित २० रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन जोड्यो । औसत सुरुवात पाएको नेपालका लागि पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएका थिए ।

कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । उनले ४१ बलको सामना गर्दै ३ चौका पनि प्रहार गरे । उनी ४१ रनमा हुँदा बाउन्ड्रीनजिक ड्रप भएका थिए । त्यसपछि उनले लगातार ठूलो सट खेल्दै नेपाललाई २ सय रन पार गराएका थिए ।

दीपेन्द्रले सातौं अर्धशतक जोड्ने क्रममा ५७ रनको इनिङ खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

नेपालले दोस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २ रनमा हुँदा हारुन अर्षदको बलमा एलबीडब्लु आउट भए । त्यसपछि नेपालले असिफको साथ दिन सोमपाल कामीलाई पठाएको थियो ।

पाँचौ ओभरको पहिलो बलमा सोमपाल ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । एजाज खानको बलमा बाबर हायातको हातबाट क्याच आउट हुनुअघि उनले १२ बलमा ८ रन जोडे ।

आसिफ पनि छैटौं ओभरको अन्तिम बलमा आउट भए । आयुष शुक्लालाई लगातार दुई चौका प्रहार गरेपछि अर्को बलमा उनले क्याच आयुषकै हातमा फिर्ता दिएका थिए । उनले १३ बलमा ४ चौकासहित २० रन जोडे ।

रोहित नवौं ओभरको पहिलो बलमा बोल्ड भएपछि क्रिजमा दीपेन्द्र आएका थिए । रोहित १६ बलमा ११ रन जोड्दै मोहमद घजन्फ़रको बलमा बोल्ड भएका थिए ।

हङकङका लागि मोहमद घजन्फ़रले २ विकेट लिँदा आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १-१ विकेट प्राप्त गरे ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका थिए । नेपालले यसअघि सिरिजको दुवै खेलमा पहिलो फिल्डीङ गर्ने निर्णय लिएको थियो ।

नेपालका लागि खेलमा प्रतिस जिसीले डेब्यु गर्दैछन् । त्यस्तै ललित नारायण राजवंशी पनि टोलीमा फर्केका छन् । पछिल्लो खेलबाट अभिनाश बोहोरा र श्याम ढकाललाई विश्राम दिइएको छ ।

आजको खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । पहिलो खेलमा हङकङमात्रै ९४ रनमा अल आउट भएको थियो । उक्त खेलमा नेपालका करण केसीले चार विकेट लिएका थिए । नेपालले त्यसअघि पहिलो खेलमा यूएईलाई हराएको थियो । सिरिजको फाइनल शुक्रबार हुनेछ ।

December 6, 2023

इलाम र पोखरा दोस्रो जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत बुधबार हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स भिड्दैछन् । दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली लिगको दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । चौथो स्थानमा रहेको पोखराले ३ खेलमा १ जित र २ बराबरीको नतिजासँगै ५ अंक जोडेको […]

December 5, 2023

ललितपुरलाई रोक्दै वीरगन्जले पहिलो अंक जोड्यो

काठमाडौं (हाम्रो खेलकुद) – वीरगन्ज युनाइटेड फुटबल क्लबले अपराजित ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै नेपाल सुपर लिग २ मा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा दुवै टोलीले अग्रता गुमाएको खेल २-२ को बराबरीमा सकिएको हो । ललितपुरले लगातार तेस्रो खेलमा बराबरीमा रोकिँदा वीरगन्जले भने तेस्रो खेलमा आएर पहिलो अंक जोड्यो । यससँगै ललितपुरले […]

December 5, 2023

ललितपुरको पहिलो हाफमै पुनरागमनसहित अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग २ अन्तर्गत वीरगन्ज युनाइटेड एफसीविरुद्ध जारी खेलको पहिलो हाफमै पुनरागमनसहित अग्रता लिएको छ । पहिलो हाफमा ललितपुर २-१ ले अघि छ । दशरथ रंगशालामा वीरगन्जले खेलमा सुरुवाती अग्रता बनाएपनि ललितपुरले लगातार दबाब कायम राख्दै अग्रता लिन सफल भयो । खेलको पहिलो मिनेटदेखि नै वीरगन्जको […]

Success

Thank you for your time.