default_image

3 months ago

September 14, 2025

एसिया कप : भारतविरुद्ध पाकिस्तानले टस जित्यो

712 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले एसीसी एसिया कप टि ट्वान्टी प्रतियोगिता छैटौं खेलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई इन्टरनेशनल रंगशालामा भएको टस जित्दै पाकिस्तानका कप्तान सलमान अली अघाले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

उनले पहिला स्कोर बोर्डमा राम्रो रन बनाउँदै भारतलाई दबाबमा राख्न खोजेको टसको समयमा बताए । पाकिस्तान र। भारतले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेका छैनन् । दुबै टोली लगातार दोस्रो जितका साथ सुपर-४ को यात्रा सहज बनाउन चाहन्छन् ।

पहिलो खेलमा भारतले घरेलु टोली युएईलाई ९ विकेट र पाकिस्तानले ओमानलाई ९३ रनले हराउँदै विजयी सुरुवात गरेका थिए । समूह ए मा समान २ अंक भएपनि नेटरनरेटको कारण भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

भारतको प्लेइङ ११ ः

सुर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, जस्प्रित बुमराह, शिबम दुबे, कुलदीप यादव, हार्दिक पान्ड्या, अक्षर पटेल, सन्जु स्यामसन (विकेटकिपर), तिलक बर्मा र बरुण चक्रवर्ती ।

पाकिस्तानको प्लेइङ ११ ः

अलमान अली अघा (कप्तान), सैम अयुब, सहिबजादा फहरान, फखर जमान, हसन नवाज, मोहम्मद नवाज, मोहम्मद हरिस (विकेटकिपर), अब्रार अहमद, फहिम अशरफ, शाहिन शाह अफ्रिदी र सुफ्यान मुकीम ।

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.