एजेन्सी – भारतसँगको पहिलो एकदिवसिय खेल (ओडिआई) मा घरेलु टोली अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गरेको छ ।

घरेलु मैदान सिड्नीमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले उत्कृष्ट सुरुवात गर्दै विशाल योगफलको बाटो देखाएको छ । सुरुवाती २५ ओभरमा अष्ट्रेलियाले कुनै विकेट नगुमाई १ सय ३४ रन बनाएको छ ।
अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्च ८४ बलमा ५ चौका र १ छक्का सहित ६१ रनमा खेलि रहेका छन् । योसँगै फिन्चले ओडिआईमा आफ्नो ब्यक्तिगत ५ हजार रन पूरा पनि गरि सकेका छन् । फिन्चलाई अर्का ओपनर डेभिड वार्नरले ६७ बलमा ५ चौका सहित ५९ रनमा खेल्दै राम्रो सुरुवात दिलाएका छन् । भारतले आफ्नो प्रमुख पाँच बलर प्रयोग गरि सकेको छ ।
२ सय ९० दिनपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका भारतका बलर केहि कमजोर देखिएका छन् । मैदान क्षमता ५० प्रतिशत समर्थकलाई सिड्नीमा अनुमति दिएको छ । योसँगै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समर्थकको पूनरागमन भएको छ । कोरोना महामारीको कारण गत मार्च देखि स्टेडियममा समर्थकलाई प्रवेशमा रोक लगाइएको थियो ।
भारतको प्लेइङ ११ : शिखर धवन, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी, युजभेन्द्र चहल, जस्प्रित बुमराह र नवदीप सैनी
अष्ट्रेलिया प्लेइङ ११ : आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, मार्कस स्टोइनिस, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जोश हेजलवुड