default_image

3 years ago

October 13, 2021

बंगलादेशलाई आठौं मिनेटमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालविरुद्ध लिग चरणको अन्तिम खेलमा बंगलादेशले अग्रता लिएको छ । टोलीका लागि आठौं मिनेटमा नै सुमन रेजाले गोल गरेका हुन् । खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन् […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालविरुद्ध लिग चरणको अन्तिम खेलमा बंगलादेशले अग्रता लिएको छ । टोलीका लागि आठौं मिनेटमा नै सुमन रेजाले गोल गरेका हुन् ।

खेलको दोस्रो मिनेटमा नै बंगलादेशका टोपु बर्मनले नवयुग श्रेष्ठलाई पेनाल्टी क्षेत्रको ठिक बाहिर लडाएपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । उक्त फ्रिकिकमा सुजल श्रेष्ठले पोस्टतर्फ प्रहार गर्न सकेनन् । लगत्तै दुवै टोलीले आक्रामक प्रस्तुति गरेपनि गोलरक्षकलाई समस्या दिन सकेनन् ।

खेलको आठौं मिनेटमा बंगलादेशले खेलमा अग्रता लियो । सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाए । जमाल भुयाँले बायाँ विंगबाट प्रहार गरेको फ्रिकिक वालमा लाग्दै ६ यार्ड बक्सभित्र अनमार्क रहेका सुमनले गोल गरेका थिए ।

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुजल श्रेष्ठ खेल्ने सम्भावना छ । मिडफिल्डमा विशाल राई र तेज तामाङलाई रोहित चन्दले साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान रहेका छन् । मिडफिल्डर पुजन उपरकोटीको नाम सुरुवाती ११ मा रहेपनि वार्मअपका दौरान घाइते भएपछि उनको स्थानमा विशाल राईले सुरुवाती रोजाइमा खेलेका थिए ।

नेपालले यस खेलमा जित हासिल गरे वा बराबरी खेले फाइनलमा प्रवेश गर्नेछ । बंगलादेशले भने फाइनल प्रवेश गर्नका लागि जित हासिल गर्नुपर्ने बाध्यता रहेको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले पनि फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।

खेलको प्रत्यक्ष प्रसारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्दैछ ।

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

Success

Thank you for your time.