default_image

रेस्लिङ

September 22, 2022

अन्तर्राष्ट्रिय रेस्लिङ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् । नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट २ रेस्लर सहभागी हुने छन् । […]

August 7, 2022

रिङ रेस्लिङको अन्तर्राष्ट्रिय तालिम हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघ र जापानस्थित ०१ जापानबीच नेपालमा रेस्लिङ संचालन सम्बन्धि सम्झौता भएको छ । संघद्वारा सञ्चालित लैनचोरस्थित रिङ रेस्लिङ एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ रेस्लिङ तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ । ब्यवसायिक रिङ रेस्लिङ बन्ने इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता […]

July 2, 2022

नुवाकोटे टाइगर हेभिवेटमा नयाँ राष्ट्रिय च्याम्पियन

हिमाल खरेल, बिर्तामोड नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेका हुन् । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार नगद पुरस्कार पाए । झापाको केरखास्थित […]

July 1, 2022

‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा

हिमाल खरेल, बिर्तामोड मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो । राष्ट्रव्यापी प्रतियोगितान्तर्गत ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा हुन लागेको ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ […]

June 29, 2022

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने

हिमाल खरेल, बिर्तामोड ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न […]

Success

Thank you for your time.