3 years ago
August 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघ र जापानस्थित ०१ जापानबीच नेपालमा रेस्लिङ संचालन सम्बन्धि सम्झौता भएको छ ।

संघद्वारा सञ्चालित लैनचोरस्थित रिङ रेस्लिङ एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ रेस्लिङ तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ । ब्यवसायिक रिङ रेस्लिङ बन्ने इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने संघले जनाएको छ ।
यो विशेष तालिम जम्मा ५० जनालाई निशुल्क प्रदान गरिने समेत संघले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली रिङ रेस्लिङहरुको सहभागिता बढाउने उद्देश्यले तालिम संचालन गरिनेछ ।
तलिममा रिङ रेस्लिङसँगै खेल मनोविज्ञान,आहार र आकस्मिक उपचार पनि समावेश गरिने जनाइएको छ ।छनौट भएका रेस्लरहरुलाई विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि गराउने संघलले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]