default_image

3 years ago

July 1, 2022

‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा

300 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भोलि शनिबार झापाको कमलमा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

आज आयोजकले प्रतियोगिता हुने केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो । राष्ट्रव्यापी प्रतियोगितान्तर्गत ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा हुन लागेको ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ को तयारी पूरा भएको एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखेले जानकारी दिए ।

खेलकुदको हबका रुपमा रहेको झापामा आयोजना हुने यो प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा हुनेछ भने राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको छ । प्रतियोगिताका लागि आवश्यक पर्ने खेलस्थल, प्राविधिक पक्ष, व्यवस्थापन लगायतका तयारीहरु पूरा भएको संघका महासचिव सुवर्ण श्रेष्ठले बताइन् ।
उनका अनुसार प्रतियागितामा २१ जना खेलाडीले सहभागिता जनाउने छन् । विभिन्न छवटा विधामा खेलाडीलाई पुरस्कृत प्रतियोगितामा पूर्वी नेपालमा पहिलोपटक हुन लागेको हो । प्रतियोगिताका लागि १६ लाख खर्च अनुमान गरिएको छ ।

प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने महासचिव लाखेले बताए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.