3 years ago
May 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुटिङका प्रदीप खाती र अन्जु दवाडीले जुरी लाइसेन्स प्राप्त गरेका छन् । दुवैले राइफल, पेस्तोल र टार्गेट कन्ट्रलको लाइसेन्स प्राप्त गरेको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।
कुवेतमा भएको जुरी कोर्समा उत्तीर्ण भएपछि दुवैले तीन विधाको लाइसेन्स र आईडी कार्ड प्राप्त गरेका हुन् । अध्यक्ष श्रेष्ठको उपस्थितिमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लाइसेन्स तथा महासचिव नीलेन्द्रराज श्रेष्ठले उनीहरुलाई एक कार्यक्रमबीच लाइसेन्स र आईडी कार्ड हस्तान्तरण गरे ।
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय युवा ओपनर अभिषेक शर्माले टि ट्वान्टी क्रिकेटमा २८ बलमै शतक पूरा गरेका छन् । भारतको राष्ट्रिय घरेलु प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा उनले पञ्जाबबाट मेघालयविरुद्ध २८ बलमा शतक हानेका हुन् । १ सय ४३ रनको लक्ष्य ९.३ ओभरमा पूरा गर्ने क्रममा उनले २९ बलमा ८ चौका र ११ छक्कासहित कुल […]
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व ओपनर तथा विकेटकिपर सुवास खकुरेलले सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । सन् २०११ डिसेम्बरमा हङकङविरुद्ध डेब्यू गरेका उनले २०२२ जुनमा ओमानविरुद्ध अन्तिम खेल खेलेका थिए । पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएका उनले सन्न्यास लिएको जनाएका हुन् । ‘मेरो परिवार, सहकर्मी, […]