March 1, 2025
पोखरा ( हाम्रो खेलकुद)- प्रथम गण्डकी राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब सिनियर र आयोजक गण्डकी प्रदेश जुनियरतर्फ च्याम्पियन भएको छ । गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको संयुक्त आयोजना तथा नेपाल फेन्सिङ संघको प्राविधिक सहयोगमा शनिवार पोखरामा प्रतियोगिता सम्पन्न भएको हो। सिनियरमा आर्मी ६ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानमा आयोजना हुने भनिएको १४ दक्षिण एसियाली खेलकुद (साग) को विषयमा भएको छलफलमा नेपाल ओलम्पिक कमिटी एनओसी) को नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ। एनओसी अध्यक्षको हैसियतमा जीवनराम श्रेष्ठले मंगलवार पाकिस्तानको लाहोरमा भएको दक्षिण एसियाली ओलम्पिक […]
February 27, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको आयोजना मिति दोस्रो पटक सरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय २१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ। नयाँ मिति अनुसार २०८२ साल जेठ ३ देखि १० […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ। एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण […]
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अदालतको निर्णय विरुद्ध गरेको निर्वाचन मान्य नहुने दोर्याएका छन्। उनले यो विषयमा नडराउने र मन्त्रालयले खुट्टा नकमाउने पनि स्पष्ट पारे । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २९ औं वार्षिकोत्सको अवसरमा एनएसजेएफ पत्रकारिता पुरस्कार कार्यक्रममा सोमवार एनओसीको खाता रोक्का र पदाधिकारीहरूको […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा शनिवार ४ नेपाली खेलाडीले भाग लिएका छन् । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा रहे । सफलरामले दुवै रन १ मिनेट ५८.८६ सेकेन्डमा पूरा गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ। त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङमाथि शुक्रवार एक समूहबाट भएको दुर्व्यवहार र उहाँको कार्यकक्षमा गरिएको तोडफोडप्रति नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र नेपाल ओलम्पियन एसोसिएसन (एनओए) को गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘जस्तो सुकै असहमतिलाई पनि मर्यादित ढंगले राख्ने अवसर हुँदाहुँदै खेल संघका नाममा गरिएको अशोभनीय […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनलाई मान्य नहुने भन्दै विभिन्न निर्णयहरू गरेको छ। राखेप सदस्य सचिव टंकलाल घिसिङ र कार्यकारी समिति को निर्णय सार्वजनिक गर्ने क्रममा बिहीवार एनओसीको पु १३ गते भएको निर्वाचनमा सहभागी ८ संघहरूलाई अबको तीन दिनभित्र उचित कारण सहित जवाफ दिन समय दिएको छ। […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले दावी गरेको विधान संसोधन र त्यसपछिको निर्वाचनमाथि अन्तर्राष्ट्रिय ओलम्पिक परिषद (आइओसी) र ओलम्पिक काउन्सिल एसिया (ओसिए) संयुक्त रुपमा सन्देह व्यक्त गरेका छन् । एनओसीको विशेष साधारण सभा र गत महिना सम्पन्न भएको निर्वाचनका विषयमा कानुनी प्रश्न उठेकाले त्यसको अन्तिम किनारा नलागेसम्म आइओसी र ओसिएले नयाँ कार्यसमितिलाई […]