default_image

breaking big news

December 6, 2019

गौरिकालाई दोस्रो स्वर्ण !

काठमाडौं (हाम्रो खेलकुद) – पौडीकी गौरिका सिंहले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी […]

December 6, 2019

साग महिला क्रिकेट-नेपालको स्वर्णको संभावना सकियो

पोखरा(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालको स्वर्णको संभावना सकिएको छ । शुक्रबार श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपालको स्वर्णको संभावना सकिएको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाउन सक्यो । नेपालका लागि कप्तान […]

December 6, 2019

१७ वर्षीय सुवासलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – गल्फर सुवास तामाङले १७ वर्षको उमेरमै नेपाललाई दोहोरो स्वर्ण दिलाएका छन् । सुवासले गल्फको एकल र‌ टिम इभेन्टमा स्वर्ण हासिल गर्दै कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास कायम गरेका हुन् । सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे । उनले बंगलादेशका मोहमद […]

December 6, 2019

‘राजेन्द्रको पदक फिर्ता ल्याएँ, अब वैकुण्ठको कीर्तिमान तोड्छु’

सुबास हुमागाईं, काठमाडौं गोपीचन्द्र पार्कीले सन् २००६ को दशौँ दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक खोसिएको खबर विद्यालयमा शिक्षकबाट थाहा पाए । उनले त्यसैबेला अठोट गरेका थिए, अब म त्यो स्वर्ण फिर्ता ल्याउँछु । शुक्रबार दशरथ रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष ५ हजार मिटर दौडमा गोपीले भारतीय प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण जिते । […]

December 6, 2019

गोपीलाई ५ हजार मिटर दौडमा स्वर्ण!

काठमाडौं (हाम्रो खेलकुद) – धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए । गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे । उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए […]

December 6, 2019

सागको छैटौं दिन १९ खेलमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । आजबाट काठमाडौंमा बक्सिङ, फेन्सिङ र स्क्वास तथा जनकपुरमा कुस्ती खेलको शुरुवात हुनेछ ।   शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, गल्फ, ह्यान्डबल, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेबल टेनिस, टेनिस, बिच […]

December 6, 2019

नेपालको जितमा बनेका ४ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि जित निकाल्दै  स्वर्ण प्रतिस्पर्धाको यात्रा कायमै राखेको छ । तुलनात्मक रुपमा कमजोर भुटानमाथि ब्याटिङ हाबी […]

December 5, 2019

साग उसु – श्रीलंकाली खेलाडीलाई हराउँदै जुनीले जितिन् स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– उसुले जुनी राईले स्वर्ण पदक जितेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसको सान्सो ५६ केजी तौल समूहमा जुनीले स्वर्ण पदक जितेकी हुन् ।   लगनखेस्थित नेपाली सेनाको कभर्डहलमा भएको प्रतिस्पर्धामा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् । जुनियले पहिलो चरणमा भारतीय खेलाडी विद्यावति […]

December 5, 2019

भारोत्तोलनमा सन्जुलाई स्वर्ण !

काठमाडौं (हाम्रो खेलकुद) – भारोत्तोलनकी सन्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । सन्जुले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल १ सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन् ।  श्रीलंकाकी एस राजापाक्षले रजत जित्दा बंगलादेशकी फायमा अख्तरले कास्य […]

December 5, 2019

तेक्वान्दोमा भुपेनले जिते स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दोमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको अन्तिम दिन बुधबार भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । भुपेनले ८७ केजी तौल समूहमा भारतका अक्षय होडालाई २९–२७ को स्कोरमा पराजित गर्दै पहिलो स्थान प्राप्त गरेको हुन् । भुपेनले जितेसँगै नेपालको स्वर्ण संख्या ३४ पुगेको […]

Success

Thank you for your time.