December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल र बंगलादेश १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलतर्फ आइतबार लिग चरणको अन्तिम खेलमा भिड्दैछन् । तर, अंक समिकरणका कारण यो खेल सेमिफाइनल जस्तै हुने भएको छ । शनिबार भएको दोस्रो खेलमा भुटानले श्रीलंकालाई पराजित गरेपछि नेपालको फाइनलमा स्थान पक्का हुन सकेन । भुटानले अंक गुमाएको अवस्थामा नेपालको […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय यू२३ फुटबल टोली १३ अौं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार माल्दिभ्सलाई २-१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । खेलको ११ अौं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल सुरुवाती अग्रता लिनबाट बन्चित भयो । सुजलले माल्दिभ्सका खेलाडीको […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू२३ फुटबल टिम १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्ध जारी खेलको पहिलो हाफमा १-१ को बराबरी खेलेको छ । खेलको ११ अौं मिनेटमा सुजल श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट बन्चित भयो । सुजलले माल्दिभ्सका खेलाडीको मिसपासलाई अगाडि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारले […]
December 7, 2019
पोखरा (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल महिला हृयाण्डबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको हृयाण्डबल कोर्टमा शनिबार भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई २२–२१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल १७–१९ गोलले पछि परेको अवस्थामा अन्तिम समयमा २०–२० गोलबराबरी गर्दै २२–२१ गोलअन्तरले विजयी भएको थियो […]
December 7, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – नेपालका साेम बहादुर कुमालले पुरुष ८०० मिटर दाैडमा कास्यपदक जितेका छन् । त्रिपरेश्वरस्थित दशरथ रंगशालाकाे ट्याकमा शनिबार भएकाे स्पर्धामा साेमले कास्य पदक जित्न सफल भएकाे हाे। उनले निर्धारित दुरी १ मिनेट ५१ दशमलव ४४ सेकेन्डमा पुरा गर्दै कास्यपदक जित्न सफल भएकाे हाे । साेमले शुरुवातदेखि नै अग्रता लिएपनि अन्तिमा राउन्डमा पछि परेकाे थियाे […]
December 7, 2019
पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य जितेको छ । ९ रनको सामान्य लक्ष्य नेपालले १.१ओभरमा पुरा गर्दै कास्य जितेको हो । नेपालको जितमा ओपनर रोमा थापा ५ र काजल श्रेष्ठ २ रनमा अविजित रहिन् । त्यसअघि पोखरा रंगाशालामा टस जितेर […]
December 7, 2019
क्रियटिभ भ्वाइस टीएस ठकुरी विश्व फुटबलका सर्वप्रिय अर्जेन्टिनाका लियोनल मेस्सी र हाम्रै कीर्तिमानी पौडीवाज गौरिका सिंहबीच एउटा समानता छ । दुवैलाई सम्बन्धित देशका अधिकांश खेलकर्मी र समर्थकहरु उनीहरुको राष्ट्रियतामाथि शंका गर्छन् । अर्जेन्टिनीले मेस्सीलाई गर्नेजस्तै व्यवहार गौरिकाले पनि नेपालमा भोग्नुपरेको छ । बेलायतमा जन्मेर उतै हुर्किएकी र उतै बसोबास गर्दै आएकी गौरिकालाई धेरै खेलकर्मी र […]
December 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौ दिन आज शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । आजबाट काठमाडौंमा जुडो तथा ३ वाई ३ बास्केटबल शुरु हुदैछ । शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल (३ वाई३), बक्सिङ, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, स्वीमिङ, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र […]
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जम्मा १७ वर्ष टेक्दै गरेका सुवास तामाङले गोकर्ण गल्फ क्लबमा शुक्रबार १८ औं होलमा पट गरेलगत्तैको माहोल बेग्लै थियो । कारण नेपाली गल्फ इतिहासको स्वर्णीम पन्नामा सुवासले आफूसँगै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याएका थिए । नेपाललाई दक्षिण एसियाको च्याम्पियन बनाए । पुरुष एकलतर्फ सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ […]
December 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पौडीकी गौरिका सिंहले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी […]