default_image

breaking big news

April 13, 2025

राजस्थानमाथि आरसिबीको सहज जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सहज जित हासिल गरेको छ। आरसिबीले राजस्थान रोयल्स (आरआर) लाई ९ विकेटले हराउँदै अंक‌तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको आरसिबीले १५ बल‌अघि‌ एक मात्र विकेट गुमाएर विजय प्राप्त गर्यो। ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटका […]

April 13, 2025

नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा खराब प्रकाशको कारण नेपालले युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराउँदै विजयी सुरुवात गरेको छ । यो हारले युएईका यायिन किरण रायको सतक छायाँमा परेको छ । जितको लागि २ सय १ रनको विजय लक्ष्य पछ्याएको युएई ३६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रनमा रोकियो […]

April 13, 2025

नेपाल फाइनलमा झिनो अन्तरले पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ‌। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। […]

April 13, 2025

नेपालको युएईलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ। मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ […]

April 13, 2025

पूजासहित पुलिसका ३ खेलाडीले भुटानमा लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा रानासहित नेपाल पुलिस क्लबका ३ खेलाडी भुटानको महिला राष्ट्रिय लिग खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । पूजासहित सम्झना लावती, नेपाली यु १९ की बिर्सना चौधरी आइतवार भुटान गएका हुन्। पुलिसका प्रशिक्षक भोला सिलवालले तीनै खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट उमन्स लिग खेल्ने जानकारी दिए । पुलिसले उनीहरु विनानै […]

April 13, 2025

कुवेतद्वारा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- हङकङमा जारी चार राष्ट्र सम्मिलित टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाललाई कुवेतले १ सय ७५ रनको चुनौती दिएको छ। नेपालले मिसन रोड मैदानमा टस जितेर पहिले कुवेतलाई ब्याटिङको लागि उतार्यो। कुवेतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनायो। ओपनर राभिजा सन्दरुवान र क्लिन्टो एन्टोले पहिलो विकेटका लागि ४९ रनको […]

April 13, 2025

फाइनलमा नेपालले टस जित्यो‌

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हङकङमा जारी चारदेशीय टि ट्वान्टी सिरिजको फाइनलमा टस जितेको छ। नेपाली टोलीका कप्तान रोहित कुमार पौडले मिसन रोड मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेका छन्। अहिले कुवेतले ब्याटिङ गरिरहेको छ। नेपाल लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। कुवेत भने दोस्रो भएर फाइनलमा स्थान बनाउन सफल भएको थियो। नेपालले […]

April 13, 2025

नेपाल र कुवेत फाइनल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र कुवेतबीच हङकङमा जारी चारदेशीय टि ट्वान्टी सिरिजमा आज फाइनल हुँदैछ। मोङ कोकमा नेपाली समय अनुसार बिहान ११:१५ बजे फाइनल सुरु हुनेछ। अपराजित नेपाल ५ अंकसहित फाइनलमा पुगेको थियो। नेपालले २ खेल जितेको थियो भने आयोजक हङकङसँगको खेल वर्षाका कारण रद्द भएको थियो। नेपालसँग पराजित कुवेतले अन्य दुई टोलीलाई‌ पराजित […]

April 13, 2025

भाग्यशाली बार्सिलोना

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले लेगानेसलाई १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको‌ अंक दूरीलाई‌ बढाएको छ। १२औं ला लिगा खेलमा अपराजित यात्रा जारी राखेको बार्सिलोना रियल भन्दा ७ अंकले अगाडि छ। एस्टाडियो म्युनिसिपल डे बुटार्के मा दोस्रो हाफ सुरु भएको केही समयमै गोल भएको थियो। लेगानेसका डिफेन्डर जोर्ज साएन्जले राफिन्हाको क्रस रोक्ने प्रयास गर्दा […]

April 13, 2025

आर्सनल रोकिँदा लिभरपुललाई थप सहज

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार आर्सनल बराबरीमा‌ रोकिएपछि लिभरपुलको उपाधि यात्रा थप सहज बनेको छ। आर्सनललाई ब्रेन्टफोर्डले १-१ को बराबरीमा रोकेको थियो। घरेलु मैदानमा थोमस पार्टीले ६१ औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमायोआन विस्साले बराबरी गोल गरेका थिए। च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई ३-० ले हराएको ४ दिनपछि आर्सेनलले ब्रेन्टफोर्डको कडा […]

Success

Thank you for your time.