default_image

breaking big news

April 15, 2025

ओलावालेको अनुशासनहीन व्यवहार

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा सशक्त प्रदर्शन गरिरहेको टिम हो, धनगढी एफसी। धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न पनि सफल भैसकेको छ। तर धनगढीले हिजो दशरथ रंगशालामा झापा एफसीसँगको खेलका दौरान धनगढीका अफ्रिकी खेलाडी अफिज ओलावालेले अनुशासनहीन व्यवहार गरे। उनी प्लेइङ इलेभेनमा थिएनन्। ६८ औं मिनेटमा मोहम्मद अल […]

April 15, 2025

पहिलो हाफमा पोखरालाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीचको खेल जारी छ। पहिलो हाफमा पोखराले १-० को अग्रता बनाएको छ। आयुष घलानले गोल गरे। प्ले अफमा पुग्ने संभावनाको लागि पोखरालाई जितको विकल्फ छैन । गर या मरको स्थितिमा पोखरा रहेको छ। प्ले अफबाट बाहिरिसकेको बुटवल भने सान्त्वना जित निकाल्न […]

April 15, 2025

आइपिएलमा कोलकाता र पन्जाब खेल्दै

एजेन्सी – गत वर्ष श्रेयस अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) को उपाधि जितेको थियो। यस पटक अय्यरले पन्जाब किंग्सको कप्तानी गरिरहेका छन्। उनको नेतृत्वमा पन्जाबले आज पूर्व टोली कोलकाताविरुद्ध खेल्दै। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आइपिएलमा कोलकताले यो सिजन ६ खेलाडीलाई यथावत राख्दा अय्यर त्यो सूचीमा थिएनन्। […]

April 15, 2025

एट्लेटिकोको जित

एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिडले सोमवार भालाडोलिडलाई ४-२ पराजित गरेको छ । खेलमा भालाडोलिडले अग्रता लिएको थियो। ममदोउ सिलाले २१औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए । एट्लेटिकोका लागि जुलियन अल्बारेजले २५औं पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका‌ थिए । त्यस्तै एट्लेटिकोका लागि जिउलियानो सिमेनोइले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]

April 15, 2025

बोर्नमाउथसँग फुलहमको हार

एजेन्सी – एन्टोइन सेमेन्इयोको पहिलो मिनेटमा गरिएको गोल निर्णायक बनेपछि एएफसी बर्नमाउथले फुलहमलाई १-० ले हराएको छ। यो जितले बर्नमाउथको युरोपेली प्रतियोगिता खेल्ने आशा बलियो बनायो। डिसेम्बरमा फुलहमसँग २-२ को बराबरी खेलेको बर्नमाउथले सोमवारको खेल सुरु भएको ५३ सेकेन्डमा लिएको अग्रता जोगाउन सफल रह्यो । एभानिल्सनले बर्नमाउथको अग्रता बढाउने राम्रो मौका चुकाए । उनले नजिकैबाट […]

April 15, 2025

आइपिएलमा चेन्नईको दोस्रो जित

एजेन्सी – चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्सलाई ३ बल अगाडि ५ विकेटले हराएको छ। लगातारको पाँचौ हारपछि चेन्नईको यो पहिलो जित हो। जितको लागि १ सय ६७ रनको चुनौती पछाएको चेन्नईले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। शेक रसिद र राचिन रविन्द्रले पहिलो विकटको […]

April 14, 2025

चेन्नईलाई लखनउको सामान्य लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किङ्सलाई १ सय ६७ रनको चुनौती दिएको छ।‌ अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा चेन्नईले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले ७ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको छ। लखनउका ओपनर एइडन मारक्रम ६ रनमा र निकोलस पुरन ८ रनमा […]

April 14, 2025

झापाविरुद्ध रेफ्रीले पक्षपात गरेको चितवनका मालिकको आरोप!

काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनका मालिक सचिन ढकालले झापा एफसीविरुद्ध अघिल्लो साता सम्पन्न खेलमा रेफ्रीले पक्षपात गरेको गम्भीर आरोप लगाएका छन् । ढकालले सोमबार काठमाडौं रेजर्ससँग २-० को हार बेहोरेपछि सामाजिक संजाल फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन् । ढकालले नाम नतोकेको भएपनि झापा र चितवनको खेलमा रेफ्रीको निर्णयलाई लिएर […]

April 14, 2025

धनगढी र ललितपुर पहिलो क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद)- धनगढी एफसी र ललितपुर सिटी एफसी तेस्रो नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा पुगेका छन् ‌। दुई पटकको फाइनलिष्ट धनगढी एफसीले तेस्रो जित निकाल्ने क्रममा आज झापा एफसीलाई १-० ले हराउँदै धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ। पहिलो क्वालिफायरमा ललितपुर र धनगढीले खेल्ने पनि निश्चित […]

April 14, 2025

चेन्नईले टस जित्यो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पुछारमा रहेको चेन्नई सुपर किङ्सले टस जितेको छ।‌ लखनउमा‌ टस जितेर चेन्नईले फिल्डिङ रोजेको छ। लखनउ टोलीले पछिल्ला ३ खेल जितको छ । चेन्नईले आफ्नो इतिहासमै पहिलो पटक लगातार ५ खेल हारको थियो । चेन्नई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स सँग घरेलु मैदान पराजित […]

Success

Thank you for your time.