default_image

क्रिकेट

February 9, 2019

क्रिकेट खेलाडीले दुई वर्षको तलब अर्को साता पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लामो समयपछि रोकिएको तलब पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलपछि खेलाडीले एकमुष्ट २ वर्षको पारिश्रमिक पाउन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलाडीको तलबका लागि १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ राखेपको खातामा पठाएको छ । […]

February 9, 2019

धनगढीद्वारा विदेशी खेलाडी परिवर्तन

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)का लागि घरेलु टोली धनगढी स्टार्सले विदेशी खेलाडी परिवर्तन गरेको छ । यसअघि धनगढीले घोषणा गरेको भारतीय खेलाडी सागर त्रिवेदी नखेल्ने भएका छन् । धनगढीका कप्तान सोमपाल कामीका अनुसार भारतीय क्रिकेट बोर्डका कारण सागर नखेल्ने भएका हुन् । यसअघि धनगढीले विदेशी खेलाडीको रुपमा यूएईका […]

February 9, 2019

युवा खेलाडीमा निर्भर अत्तरिया !

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ । फागुन ११ गतेसम्म फाप्ला क्रिकेट मैदानमा चल्ने प्रतियोगिताको विजेताले ३० लाख र उप विजेता टोलीले १२ लाख प्राप्त गर्ने छन् । यसक्रममा युवा खेलाडीले भरिएको सीवाईसी अत्तेरियाको लक्ष्य पनि उपाधि जित्नेनै रहेको छ । दिपेन्द्र सिंह ऐरी कप्तान रहेको […]

February 9, 2019

काठमाडौं गोल्डेन्स : सन्तुलित टोली, बलियो नेतृत्व !

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण वर्षाका कारण दुई दिन पछि सरेको छ । अर्थात सोमबारदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १२ लाखमा चित्त बुझाउँदा तेस्रोले ४ र चौथो हुने टोलीले २ लाख पाउनेछन् । डिपिएलमा सहभागी ६ फ्रेन्चाइज टोलीमध्य काठमाडौं […]

February 8, 2019

भारत ७ विकेटले विजयी

एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो टि-२० खेलमा पाहुना टोली भारत ७ विकेटले विजयी भएको छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले ७ बल अगाडीनै ३ विकेटको क्षतिमा १ सय ६१ रन बनाउँदै  पूरा गर्यो । भारतको सहज जितमा कप्तान रोहित शर्माले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए । […]

February 8, 2019

रुस्लान डिपिएल दुई दिनपछि सर्यो

धनगढी (हाम्रो खेलकुद)– घरेलु फ्रन्चाइज लिग मध्ये सर्वाधिक पुरस्कार राशीको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) ३ दुई दिन पछिका लागि सरेको छ । वर्षाका कारण कारण मैदान खेल्न योग्य नभएपछि शनिबारको सट्टा अब सोमबार प्रतियोगिता सुरु हुनेछ । फाइनल भने पूर्व निर्धारित मिति फागुन ११ गते नै हुने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले जनाएको […]

February 8, 2019

सन्दीपको खराब प्रदर्शनसँगै मेलबर्नको हार

एजेन्सी – नेपाली युवा बलर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स ब्रिस्बेन हीटसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ । १ सय ५७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा ब्रिस्बेनले ६० बल अगाडि नै विना विकेटको क्षतिमा १ सय ५८ रन बनायो । टोलीको सहज जितमा ओपनर बेन कटिङ र म्याक्स ब्रायन्टले १ सय ५८ रनको […]

February 8, 2019

रुस्लान डिपिएल ३ – दाबेदार मध्येको एक लक्की रुपन्देही !

धनगढी (हाम्रो खेलकुद) – घरेलु फ्रन्चाइज लिगमध्ये सर्वाधिक पुरस्कार राशीको रुलान धनगढी प्रिमियर लिग (डिपिएल) ३ शनिबार फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ । डिपिएलमा ६ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता सुरु हुँदा सबै टोली उपाधि जित्ने लक्ष्यका साथ उत्रनेछन् । रुपन्देही च्यालेन्जर्स पनि उपाधि जित्ने लक्ष्यका साथ धनगढी पुगिसकेको छ । डिपिएलको ट्रफी […]

February 8, 2019

सन्नी र जयकिशन सिवाईसी अत्तरियाबाट खेल्ने

धनगढी (हाम्रो खेलकुद)– भारतीय अलराउन्डर सन्नी पटेल र विकेटकिपर जयकिशन कोल्सावालाले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा सिवाईसी अत्तरियाबाट खेल्ने भएका छन् । अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले आफ्नो टिममा दुई विदेशी खेलाडीको रुपमा सन्नी र जयकिशनलाई अनुबन्ध गरेको बताए । दुवै खेलाडीले पछिल्लो समय नेपाली फेन्चाइज लिगमा राम्रो प्रर्दशन गर्दै आएका छन् । ललितपुरलाई ईपीएलको […]

February 8, 2019

डिपिएल-३ को ट्रफी सार्वजनिक

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ । प्रतियोगिता शनिबारदेखि फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगिताको गुडविल एम्बेसेडर जोन्टी रोड्स र अायोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले ट्रफी अनावरण गरे । सहभागी ६ फ्रेन्चाइज टोलीका कप्तान एवं प्रतिनिधि खेलाडीले ट्रफी अनावरणमा सहभागिता जनाए । यसपटक […]

Success

Thank you for your time.