October 6, 2020
एजेन्सी– अफगानिस्तानका ओपनर ब्याट्सम्यान नजिब तारकईको २९ वर्षको उमेरमा सडक दुर्घटनामा परि मृत्यु भएको छ । नजिब गत साता अफगानिस्तानको पूर्वी नांगरहारमा सकड पार गर्नेक्रममा कारले ठक्कर दिदा गम्भीर घाईते हुन पुगेका थिए । गम्भीर घाइते भएका नजीबको आइसियुमा राखी उपचार भई रहेको थियो । जसक्रममा मंगलबार उनको मृत्यु भएको अफगानिस्तान क्रिकेट बोर्डले जानएको छ […]
October 5, 2020
एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको घातक बलिङसँगै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राती सम्पन्न आइपिएलको १९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा […]
October 5, 2020
एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको अर्ध शतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ रनको ९७ लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनायो । दिल्लीलाई बलियो योगफलमा पुर्याउन स्टोइनिस २६ […]
October 5, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा बेंगलोरका कप्तान विराट कोहलीले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । बेंगलोरले आजको खेलमा दुई परिवर्तन गरेको छ । स्पिनर एडम जाम्पाको स्थानमा मोईन अलीलाई मौका दिएको छ […]
October 5, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर अमित मिश्राले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० गुमाउने भएको छन् । मिश्रा कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा घाइते हुन पुगेका थिए । शनिवार कोलकातासँगको खेलमा मिश्राको औंलामा चोट लाग्न पुगेको थियो । जसको कारण आइपिएलको पुरै सिजन नै गुमाउने भएका छन् । मिश्राले जारी आइपिएलमा ३ खेलमा तीन विकेट […]
October 5, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ खेलमा आज दुई उपाधिका दाबेदार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ः ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली चौथो जित निकाल्दै शीर्षस्थानमा उक्लिने सोचमा छन् । दिल्ली र बेंगलोरको समान ४ खेलमा ३ मा जित […]
October 5, 2020
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको टोलीमा स्थान बनाउन संघर्ष गर्दै आएका छन् । सुरुवात देखिनै बेन्चमा बसेका सन्दीपलाई प्लेइङ ११ मा स्थान बनाउन अन्य खेलाडीको प्रर्दशनमा पनि निर्भर रहनुपर्ने देखिन्छ । आइपिएलमा प्लेइङ ११ मा चारमात्र विदेशी खेलाडी खेलाउन पाइन्छ । दिल्लीले सुरुवात देखिनै चार विदेशी खेलाडीमा […]
October 5, 2020
भुपेन्द्र जिसी, काठमाडौं परिवारको साथ नपाउँदा क्षमता र सम्भावना हुँदाहुँदै पनि कतिपय खेलाडीले खेलकुद करिअरमा पूर्णविराम लगाएका छन् । महिला खेलाडीको हकमा विवाह गर्ने निर्णय लिनु भनेको खेलबाट सन्न्यास लिए बराबर नै छ । तर कविता गौतमको हकमा भने यो लागु हुँदैन । कविता अहिले आफ्नो श्रीमानसँग नै प्रशिक्षण गरेर राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्यमा छिन् […]
October 4, 2020
एजेन्सी – ओपनर शेन वाटसन र फाफ डु प्लेसिसको कीर्तिमानी उत्कृष्ट साझेदारीमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ । जितका लागि १ सय ७९ रनको विजयी लक्ष पछ्याएको चेन्नईले १७.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । चेन्नईको सानदार जितमा दुबै ओपनर […]
October 4, 2020
एजेन्सी – कप्तान लोकेश राहुलको अर्धशतकको सहयोगमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७९ रनको बलियो लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनायो । पन्जाबका कप्तान तथा […]