October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा गरेको हो । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा छन् । टोलीमा प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्ललाई दिइएको छ । कार्तिक […]
October 22, 2024
एजेन्सी – न्युजिल्याण्डका पूर्व कप्तान केन विलियम्सनले भारतविरुद्धको दोस्रो पनि टेस्ट गुमाउने भएका छन् । ३ टेस्टको सिरिजका लागि न्युजिल्याण्डको टोली भारत भ्रमणमा छ । पहिलो टेस्ट पाहुना टोलीले ८ विकेटले जित्दै सिरिजमा १-० काे अग्रता लिएको छ । गत महिना श्रीलंका भ्रमणका क्रममा घाइते भएका विलियम्सन भारतसँगको खेलमा टोलीमा रहेपनि न्युजिल्यान्डको टोलीसँग भारत गएनन् […]
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनले सुदूरपश्चिम रोयल्सबाट नेपाल सुपर लिग (एनपिएल) खेल्ने भएका छन् । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि मक्मलेनलाई अनुबन्ध गरेको सोमबार प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । टोलीले अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । उनको आगमनले एनपिएलमा टोलीको प्रर्दशन उत्कृष्ट रहनेमा आशावादी रहेको सुदूरपश्चिमले जनाएको छ। […]
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेलमा नेपाली ओपनर आसिफ शेख प्लेयर अफ द म्याच भएका छन् । डालसस्थित ग्राण्ड प्रेरीमा सोमवार भएको खेलमा अमेरिकाविरुद्ध अर्धशतक बनाएका आसिफ प्लेयर अफ द म्याच भएका हुन् । आसिफले ३७ बलमा आफ्नो करियरको छैठौं अर्धशतक पूरा गरेका थिए । आसिफले आफ्नो टि ट्वान्टी करियरमा तेस्रो पटक […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा नेपाल का तीव्र गतीका बलर सोमपाल कामी प्लेयर अफ द सिरिज बनेका छन् । सोमपालले सिरिजका ३ खेलमा ५ विकेट लिएका थिए । पहिलो खेलमा कुनै विकेट लिन नसकेका सोमपालले दोस्रो खेलमा २ तथा तेस्रो खेलमा ३ विकेट लिएका थिए । दोस्रो खेलमा भएको सुपर […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । तेस्रो टि ट्वान्टी खेलमा सोमवार ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका ओपनर आसिफ शेखले अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी आईमा अर्धशतक पूरा गरेका छन् । ३ खेलको टि ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली ओपनर आसिफले अर्धशतक पूरा गरेका हुन् । करियरको छैटौं अर्धशतक शेखले ३८ बलमा पूरा गरेका थिए । यसअघि आसिफले युएईसँग २ तथा कतार, नेदरल्यान्ड्स र मलेसियासँग समान […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गर्न नेपालले १ सय ५७ रनको मध्यम लक्ष्य पाएको छ । अमेरिकाको ग्राण्ड प्रेरीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गर्यो साइतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेलमा राम्रो बलिङ सुरुवात गरेको छ । एक खेल अगावै टि ट्वान्टी सिरिज जितेको नेपालले पावर प्लेको समाप्ताीमा २ विकेट लिएर ३८ रन खर्चिएको छ । अमेरिकाका कप्तान मोनांक पटेल सोमपाल कामीको बलमा एलबिडब्लु धरापमा पर्दा आन्द्रेस गौस रिजन ढकालको बलमा आउट भए । अमेरिकाका लागि आरोन […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कुशल मल्ल र ललित राजवंशी टिममा फर्किदा अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टीमा टस हारेर नेपालले बलिङको निम्ता पाएको छ । डालसको ग्राण्ड प्रेरीमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो । नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । आइतवार अमेरिकाविरुद्ध खेलेका करण केसी तथा सागर ढकाल […]