1 year ago
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा खेल्ने नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा गरेको हो । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा छन् ।
टोलीमा प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्ललाई दिइएको छ । कार्तिक १६ देखि १८ सम्म चल्ने प्रतियोगितामा नेपालको पहिलो खेल इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते छ । नेपालले दोस्रो खेलमा कात्तिक १७ मा अस्ट्रेलियासँग खेल्नेछ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र यूएई छन् । श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् ।
सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
नेपाली टोली : सन्दीप जोरा(कप्तान), लोकेस बम, नारायण जोशी, प्रतिस जिसी, राशिद खान, दीपेन्द्र रावत र विवेक यादव
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]