default_image

7 months ago

October 21, 2024

नेपालको राम्रो बलिङ सुरुवात

83 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेलमा राम्रो बलिङ सुरुवात गरेको छ ।

एक खेल अगावै टि ट्वान्टी सिरिज जितेको नेपालले पावर प्लेको समाप्ताीमा २ विकेट लिएर ३८ रन खर्चिएको छ । अमेरिकाका कप्तान मोनांक पटेल सोमपाल कामीको बलमा एलबिडब्लु धरापमा पर्दा आन्द्रेस गौस रिजन ढकालको बलमा आउट भए ।

अमेरिकाका लागि आरोन जोन्स तथा साइतेज मुककामल्ला क्रिजमा रहेका छन् । कुशल मल्ल र ललित राजवंशी टिममा फर्किदा अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टीमा टस हारेर नेपालले बलिङको निम्ता पाएको छ ।

डालसको ग्राण्ड प्रेरीमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्न लागेको हो । नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । आइतवार अमेरिकाविरुद्ध खेलेका करण केसी तथा सागर ढकाल बेन्चमा रहँदा कुशल मल्ल र ललित राजवंशीले मौका पाएका छन् ।

नेपालको प्लेईङ११

आरिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, रोहित पौडेल, गुलशन झा, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, रिजन ढकाल र ललित राजवंशी

May 24, 2025

दिल्लीले पञ्जाबलाई हरायो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिवार भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीक समिर रिजवीले २५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा […]

May 24, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ३४ बलमा ५ […]

May 24, 2025

दिल्लीले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सविरुद्ध टस जितेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा दिल्लीका कप्तान फाफ डु प्लेसिसले टस जितेर बलिङ रोजेका हुन् । दिल्ली यो संस्करणको अन्तिम खेल खेल्दैछ । दिल्लीको प्लेअफमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ । पञ्जाब भने शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर […]

Success

Thank you for your time.