May 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको अस्वस्थताका कारण निधन भएको छ। कलेजोमा समस्या देखिएपछि उनी आइतबार साँझ काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए। शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । करिब १ दशक राष्ट्रिय टोलीका सदस्य मणीले नेपालबाट ४८ […]
May 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यहि साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को मनोनयनमा क्रिकेट दबदबा रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार गरेको सार्वजनिकमा महिला बाहेक सबै विधामा क्रिकेटका खेलाडी र प्रशिक्षक मनोनयमा परेका छन् । वर्षको उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा क्रिकेटका समान २ जना मनोनयमा पर्न सफल भएका छन् । […]
May 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाह स्वास्थ्यमा समस्यामा आएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि म्यारोडाना भनेर चिनिने शाह आइबार साँझ नर्भिक अस्पतालमा भर्ना भएका हुन् । शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । त्यसपछि […]
May 13, 2018
लिवाङ(हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब पुरुषतर्फ र नेपाल एपिएफ क्लब महिलातर्फको समूह विजेता बन्दै सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोल्पाको राजधानी लिवाङमा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश नम्वर ५ लाई २९–२७, २५–१७ र २५–१५ को सोझो सेटमा हराउदै समूह ‘क’ को विजेताको रुपमा क्वाटर फाइनलमा […]
May 13, 2018
पुने (एजेन्सी) – सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नई सुपरकिङ्स आइपिएलको प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली बनेको छ। यसअघि हैदरावादनै प्लेअफमा पुग्ने पहिलो टोली हो। चेन्नईको जितमा अम्बाती रायाडुले शतक प्रहार गरे। उनले ६२ बलको सामना गर्दै ७ चौका र ७ छक्का प्रहार गरेर शतक पुरा गरे।टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको चेन्नईले १ […]
May 13, 2018
गाईघाट (हाम्रो खेलकुद)- विमल रानाको निर्णायक गोलमा लक्ष्मी हुण्डाईं मनाङ–मस्र्याङ्दी क्लब पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उदयपुरको सदरमुकामग गाईघाटस्थित थारुहट रंगशालामा आइतबार भएको क्वार्टरफाइनलमा मनाङले आयोजक उदयपुर–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जितमा विमल रानाले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल […]
May 13, 2018
May 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – करिब ४ महिना अघि सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेयता नेपाली क्रिकेट समर्थकहर उनको ‘डेब्यू’को प्रतिक्षामा थिए। दिल्लीको ८ अप्रिलमा किङ्स एलेभेन पञ्जाबविरुद्ध २०१८ आइपिएलको पहिलो खेलदेखि नेपाली समर्थकहरु सन्दीपले मौका पाउने आशामा बसेका थिए। तर नेपाली समर्थकहरुको धैर्यताको परिक्षण लिँदै दिल्लीले पहिलो ११ खेलमा सन्दीपलाई खेल्ने अवसर दिएन। तर प्लेअफमा स्थान बनाउने सम्भावना न्यून भैसकेपछि सन्दीपले दिल्लीको १२ […]
May 13, 2018
दिल्ली (एजेन्सी)– नेपाली स्पिनर सन्दीप लामिछानेले ‘डेब्यू’मा प्रभावशाली प्रदर्शन गरेपनि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकाल्न सकेन । दिल्ली विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्ससँग ५ विकेटले पराजित भएको छ । सातौं स्थानमा रहेको बैंगलोरको ८ अंक पुगेको छ भने प्ले अफ पुग्ने सम्भावना गुमाइसकेको दिल्ली ६ अंकसहित पुछारमा छ । […]
May 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लामिछानलेले पहिलो विकेटको रुपमा रोयल च्यालेन्जर्सका पार्तिभ पटेललाई आउट गरे। आफ्नो व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा उनले पटेललाई लेग बिफोर विकेटको सिकार बनाए। हेर्नुहोस सन्दीपको पहिलो विकेटको भिडियो।