default_image

8 years ago

May 13, 2018

कस्तो रह्यो सन्दीपको आइपिएल ‘डेब्यू’ ?

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – करिब ४ महिना अघि सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेयता नेपाली क्रिकेट समर्थकहर उनको ‘डेब्यू’को प्रतिक्षामा थिए।

sandip

दिल्लीको ८ अप्रिलमा किङ्स एलेभेन पञ्जाबविरुद्ध २०१८ आइपिएलको पहिलो खेलदेखि नेपाली समर्थकहरु सन्दीपले मौका पाउने आशामा बसेका थिए। तर नेपाली समर्थकहरुको धैर्यताको परिक्षण लिँदै दिल्लीले पहिलो ११ खेलमा सन्दीपलाई खेल्ने अवसर दिएन। तर प्लेअफमा स्थान बनाउने सम्भावना न्यून भैसकेपछि सन्दीपले दिल्लीको १२ औं खेलमा डेब्यू गर्ने अवसर पाए। दक्षिण अफ्रिकी फास्ट बलर जुनियर डाला र भारतीय यू-१९ टोलीका सदस्य अभिषेक शर्मासँगै सन्दीपले पनि पहिलो पटक आइपिएलमा खेल्ने अवसर पाए।

दक्षिण अफ्रिकी फास्ट बलर जुनियर डाला र भारतीय यू-१९ टोलीका सदस्य अभिषेक शर्मासँगै सन्दीपले पनि पहिलो पटक आइपिएलमा खेल्ने अवसर पाए।

चितवनको क्याम्पा चौरबाट आइपिएल यात्रा तय गरेका सन्दीपले पहिलो अवसरलाई खेर फालेनन्। उनले डेब्यूमा ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिने क्रममा १० डट बल गरे।

टस हारेपछि पहिले ब्याटिंङ गरेपछि रोयल च्यालेञ्जर्स बेङ्लोरलाई १ सय ८२ रनको लक्ष दिएको दिल्लीले दोस्रो इनिङ्ग्सको पहिलो ओभरमै सन्दीपलाई बलिङ्ग गर्ने अवसर दिएको थियो। कसिलो बलिङ्ग गर्दै पहिलो ओभरमा उनले २ रनमात्र दिए (पहिलो ओभरमा दिल्लीले ६ रन खर्चिएपनि बाईमा भएको रन सन्दीपको स्पेलमा जोडिदैन)।

व्यक्तिगत दोस्रो ओभरको तेस्रो बलमा सन्दीपलाई पार्थिभ पटेलले चौका प्रहार गरे तर अर्को बलमा पटेल लेग बिफोरको सिकार बने। सन्दीपले पहिलो विकेटको रुपमा भारतका अनुभवी ब्याट्सम्यानलाई आउट गर्नु आफैमा सफलता हो। ब्याटिंग पावरप्लेमा पहिलो स्पेल गर्ने क्रममा उनले २ ओभरमा ७ रन खर्चदै १ विकेट लिए।

सन्दीपले सातौँ ओभरमा विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र एबी डी भिलियार्सलाई बलिङ गर्ने क्रममा ८ रन खर्चिए। त्यस्तै १२ औं ओभरमा सन्दीपले १० रन दिए। उनलाई पाँचौ बलमा डिभिलियर्सले छक्का प्रहार त गरे तर डिभिलियर्सको प्रहार डिपमा रहेका फिल्डरबाट केही मिटरमात्र टाढा खस्यो।

सन्दीपले पहिलो खेलमा नै निकै आत्मविश्वाका साथ स्पिनमा र पेसमा विभिन्न भिन्नताको प्रयोग गरे। सन्दीप त्यस खेलकै सबै भन्दा किफायती बलर पनि साबित भए। उनी र बेङ्लोरका मोइन अलीले समान ६.२५ को इकोनमीमा बलिङ गरे। अलीले पनि ४ ओभरमा २५ रन खर्चदै १ विकेट लिए।

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीप आइपिएलका दोस्रो कान्छा विदेशी खेलाडी पनि बनेका छन् । पञ्जाबका अफगानिस्तानी बलर मुजिब उर रहमानले १७ वर्ष ११ दिनको उमेरमा आइपिएलमा डेब्यू गरेका थिए भने सन्दीपले १७ वर्ष २ सय ८३ दिनमा पहिलो खेल खेले।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.