8 years ago
May 13, 2018
पुने (एजेन्सी) – सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नई सुपरकिङ्स आइपिएलको प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली बनेको छ। यसअघि हैदरावादनै प्लेअफमा पुग्ने पहिलो टोली हो।

चेन्नईको जितमा अम्बाती रायाडुले शतक प्रहार गरे। उनले ६२ बलको सामना गर्दै ७ चौका र ७ छक्का प्रहार गरेर शतक पुरा गरे।टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको चेन्नईले १ सय ८० रनको लक्ष्य २ विकेट गुमाउँदै १९ ओभरमा पार गर्यो। ओपनर शेन वाट्सन र रायडुबीच १ सय ३४ रनको साझेदारीले चेन्नईको जित सहज बनायो। वाट्सन ५७ रन बनाउँदै रन आउट भए।
त्यसअघि पहिलो इनिङ्समा हैदरावादले ४ विकेट गुमाउँदै १ सय ७९ रन बनायो। ओपनर शेखर धवनले ७९ तथा कप्तान केन विलियनसनले ५१ रन बनाएका थिए।
जितसँगै १२ खेलमा १६ अंक सहित चेन्नई दोस्रो स्थानमा छ। हैदरावादभने १८ अंकसहित अंक तालिकाको शिर्षस्थानमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]