June 11, 2017
एजेन्सी – स्पेनिस खेलाडी राफेल नाडालले स्विट्जरल्यान्डका स्टान वावरिन्कालाई सोझो सेटमा पराजित गर्दै व्यक्तिगत १०औं फ्रेन्च ओपन उपाधि जितेका छन्। यो उनको करियरको १५औं ग्रयाण्डस्ल्याम उपाधि पनि हो। चौथो वरियताका नाडालले तेश्रो वरियताका वावरिन्कालाई ६-२, ६-३ र ६-१को सोझो सेटमा पराजित गरेका हुन्। ३२ वर्षीय वावरिन्काको यो फाइनलमा पहिलो हार पनि हो। उनले यसअघिका ३ […]
May 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३-० पराजित भएको छ। पहिलो सिंगल खेलमा नेपालका आरभ सम्राट हाडाले मोहम्मद रोमन होसेनसँग ६-३, ६-२ को हार व्येहोरे भने दोश्रो सिंगलमा आर्यन गिरिले मेहदी हसन अल्भेसँग ६-२,६-३ ले पराजित भए। डबल्समा आरभ र जुवेन रावतको जोडीले […]
May 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा भारतलाई २-१ अन्तरले हराउँदै नेपाली ब्वाइज टोली फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा नेपालले समुहको शीर्षस्थानमा रहेर अर्को चरण पुगेको प्रतिद्वन्द्वी भारतलाई २–१ ले पराजित गर्यो । फाइनलमा स्थान सुरक्षित गरेसंगै नेपाल काजाकिस्तानमा नोभेम्बरमा हुने […]
May 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत नेपाली ब्वाइज र गर्ल्स दुवै टिम बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालको दुवै टोली आ–आफ्नो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपालको ब्वाइज टिम समूह ‘बी’ तथा गल्र्स टिम समूह ‘ए’ को विजेता बने । बुधबारको खेल समाप्तिसंगै सेमिफाइनल समीकरण पनि […]
May 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत दोश्रो दिन मंगलबार भएको खेलमा नेपालको प्रदर्शन गरेको छ। भारत र श्रीलंकाले दोहोरो जित हात पार्दा बंगलादेशले पनि एक जित आत्मासात् गर्यो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को प्रतिस्पर्धामा बंगलादेशले नेपाललाई २–१ ले पराजित गर्यो । सिंगल्समा बंगलादेशका मोहमद […]
May 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गर्ल्स टोलीले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा सोमबार विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा समूह ‘ए’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्यो । सिंगल्समा सर्भानी श्रेष्ठले मोहमद लायन समिनलाई ६–३ र ६–० तथा ईशाश्री शाहले जुबिन जोया सलिमलाई ६–१ र ६–० को […]
May 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने आयोजक संघकी अध्यक्ष ज्योति राणाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी […]
April 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिङ्गल्सको उपाधि संरक्षकभूषण वज्राचार्य र इरा रावतले जितेका छन्। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा डिफेन्डिङ च्याम्पियन संरक्षकले जितेन्द्र परियारलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । नयाँ च्याम्पियन बन्ने क्रममा इराले महिलाको उपाधि भिडन्तमा माहिका राणालाई […]
April 28, 2017
काठमाडौं (काठमाडौं) – मायांका राणा र संरक्षकभूषण वज्राचार्यको जोडीले पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्सको उपाधि जितेको छ । संरक्षक र मायांकाको जोडीले शुक्रबार भएको फाइनलमा इरा रावत र श्रीराम मगरको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गर्यो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको […]
April 27, 2017
काठमाडौं(हाम्रो खेलकुद)– जितेन्द्र परियार पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको फाइनलमा पुगेका छन् । जितेन्द्रले तेश्रो एवं निर्णायक सेटमा प्रणव खनाललाई ६–३ ले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेका हुन् । बुधबार सुरु भएको यी दुईबीचको सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा रहेका बेला समय अभावका कारण रोकिएको थियो । त्यसमा जितेन्द्रले पहिलो […]