default_image

4 years ago

December 3, 2021

कहाँ चुक्यो नेपाली महिला क्रिकेट ?

270 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता सुरु हुनुअघि नेपाली महिला क्रिकेट टोली उपाधिको प्रमुख दाबेदार थियो । स्तर अनुसार नेपाल सहज जित निकाल्न सक्थ्यो । तर प्रदर्शन अपेक्षा भन्दा धेरै कमजोर रहँदै तेस्रो रहेर बाहिरियो । जितको लागि मैदानमा नामले होईन प्रदर्शन, राम्रो तयारी, उच्च मनोबल र टिम एकता हुनुपर्छ । यसपटक प्रतियोगिता अघि कागजमा बलियो देखिएको नेपाल मैदानमा भने बिर्सनलायक प्रदर्शन गर्दै बाहिरियो ।

शीर्षस्थानमा रहँदै अर्को वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा पुग्ने अवसर गुमायो । झन्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको नेपाली महिला क्रिकेटको भविष्य पुग्न अन्यौल छ । एसिया छनोटमा नेपालको प्रदर्शन निकै कमजोर रह्यो । अत्याधिक डट बल नेपालको प्रमुख समस्या रह्यो । खेलमा नेपालका कुनैपनि ब्याटरले एक छक्का प्रहार गर्न सकेनन् । नेपालले ५ खेलमा ७० ओभर अर्थात ४ सय २० बल खेल्यो । ३ सय ६८ रन बनाउन नेपालले २७ विकेट गुमायो । कुल रन ७१ अतिरिक्त थियो ।

समग्रमा नेपाली ब्याटरले २ सय ९७ रन ब्याटबा बनाए । सीता रानामगरले सर्वाधिक एक सय रन बनाइन् । इन्दुले ८१, रुविनाले ४६, सरिता मगरले २३ रन बनाए । नेपालले २२ चौका प्रहार गर्यो । सीताको नाममा १२ र इन्दुको नाममा पाँच चौका छ । रुविना र कविता जोशीले २–२ तथा काजल श्रेष्ठले १ चौका प्रहार गरे । अन्य ब्याटरले एक चौका प्रहार गर्न सकेनन् । तथ्याङ्कलेनै नेपालको प्रर्दशन बताउछ ।

कमजोर प्रदर्शन किन ?

कमजोर प्रदर्शन हुनुमा क्यान, खेलाडी र व्यवस्थापन सवैको उत्तिकै जिम्मेवार छन् । खराव सट छनोट र गैर जिम्मेवारीपन नेपालको कमजोर प्रदर्शनको मुख्य कारण हो । अत्याधिक डट बल, कमजोर तयारी, टि२० विशेष खेलाडी नहुनु र पर्याप्त विश्रामको अभाव, टिम एकता कमी कमजोर प्रदर्शनको कमी हुन् । नेपाली महिला क्रिकेट टोलीले २३ महिनापछि कतारसँग तीन महिला टि२० आई सिरिज खेलेको थियो । कमजोर कतारमाथि सिरिज क्लिनस्विपका साथ फर्किएको थियो । तर त्यो खुशी पहिलो खेलमै हङकङसँगको हारले निराशामा बदलियो ।

खराब प्रदर्शनमा क्यान, कप्तान, प्रशिक्षक र खेलाडी जिम्मेवार छन् । प्रतियोगिता मुखैमा तयारी थाल्नु नेपालको संस्कार नै बनेको छ । नेपालले बन्द प्रशिक्षण पुग नपुग तीन सातामात्र गरे । तीन साताको प्रशिक्षणपछि मंसिर १८ मा नेपाली महिला क्रिकेट टोली बंगलादेश अभ्यास गर्न गर्यो । एक हप्ताको अभ्यासमा क्रिरा शिक्षा प्रतिष्ठानसँग तीन अभ्यास खेल खेलेर बसमा स्वदेश फर्किएको थियो ।

पिसिआर परिक्षण विनानै स्वदेश फर्किन खोजेपछि विमानस्थलमै रोकेको थियो । त्यो आफैंमा व्यवस्थापनका लागि लज्जास्पद कार्य थियो । खेलाडी र प्रशिक्षकले सोझै विश्वकपमा छनोट हुने भनेर दाबी गर्दै आएका थिए । टोली आफैं प्रष्ट रुपमा प्रतियोगिता बारे जानकार थिएनन् । बसमा लामो यात्रा गरेर स्वदेश फर्किएको अर्को दिननै नेपाल कतार तीन महिला टि२० सिरिज खेल्न प्रस्थान गर्यो । मंसिर २ सम्म सिरिज खेलेको महिला टोली अर्को दिन युएई प्रस्थान गरेको थियो । एक महिना नेपाली टोलीको दौडधुपमा बित्यो । त्यसले खासै विश्राम पाएनन् । त्यसको असर प्रदर्शनमा देखिएको हो ।

कमजोरी सुधारको लागि बलियो टोलीसँग खेल्नुपर्ने थियो । तर सधैं आर्थिक कमजोरी देखाउने क्यानले कमजोर टोलीसँग अभ्यास खेलेर तयारी टार्यो । क्यान लगानी गरेर भन्दापनि अनुदानमा बढी सिरिज खेल्न चाहन्छ । टोलीको स्तर र दीर्घकालिन प्रभावलाई ध्यान दिदैन ।

कमजोर टोलीसँग खेलेर स्तर सुधार हुँदैन । तयारी जस्तो नतिजा पनि त्यस्तै आउछ । नेपालले बन्द प्रशिक्षणमा तीन साता नभएर दुई महिना बढी राख्न पर्ने थियो । दुई वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता विहीन हुँदा अझ विशेष ध्यान दिनुपर्ने हुन्थ्यो । क्रिकेट विकास भन्दापनि गफमा बढी ध्यान दिने क्यान पदाधिकारीले यसको महत्व बुझ्न सकेनन् । नेपाल तयारीमै चुकेको थियो ।

कमजोर व्यवस्थापन र प्रशिक्षण पनि त्यतिनै कमजोर छ । क्यानसँगै प्रशिक्षक र कप्तानीमाथि प्रश्न उठ्छ । नेपालले प्रमुख हिटर डली भट्टलाई प्रतियोगितामै खेलाएन । उनलाई बेन्चमा राख्यो । कमजोर लय भएका खेलाडीलाई निरन्तर मौका दिइरह्यो । टोलीमा टि२० विशेष खेलाडी नै देखिएनन् । गुट नेपाली क्रिकेटको सबैभन्दा नराम्रो पक्ष हो ।

क्यान, सिनियर पुरुष र महिला टोली सबैमा गुटउपगुटले नराम्रोसँग बिग्रिएको छ । महिला टोलीमा गुट नभएको होईन । तर यसपटक मैदानमै प्रष्ट देखियो । प्रमुख सिनियर खेलाडीबीचको गुटले पनि प्रदर्शन कमजोर रह्यो । कप्तानले एक्लौटी गर्न खोजेको र खराब लय भएका खेलाडीलाई पनि निरन्तर मौका दिई रहेको आरोप लाग्दै आएको छ । क्रिकेट टिमको खेल हो । एकता विना जित कठिन पर्छ । तर नेपाली महिला टोलीमा एकता थिएन ।

प्रशिक्षण होस् वा मैदान गुट प्रष्ट देखिन्थ्यो । त्यसको असर खेलमा पर्यो । टोलीको फिटनेस अर्को चिन्ताको विषय हो । कोरोना महामारीले लगातार लकडाउनले पनि खेलाडीमा फिटनेशमा अझ असर गर्यो । सिनियर टोली पछिल्लो समय सामाजिक सञ्जालमा अत्याधिक व्यस्त देखिदै आएका थिए । टिकटमा बढ्लो लत प्रदर्शन खस्किदो प्रभाव पनि हो ।

विश्व क्रिकेटले धेरै फड्को मारेको छ । तर नेपाल दशक अघिकै अवस्थामा छ । टि२० क्रिकेटमा कुनैपनि टोलीले कसैलाई पनि हराउन सक्छन् । नेपाल अहिलेको खेल्ने शैली त्यहिँ छ । घरेलु संरचना र प्रतियोगितामा कुनै फरक छैन । प्रतियोगिता चाडपर्व जसरी आउँछ जान्छ । खेलाडीलाई थाहा नै हुँदैन ।

यो तरिकाले नेपाली क्रिकेट माथि उठ्न सक्दैन । नेपाली महिला क्रिकेट विकास गर्ने हो भने ठूलो युद्धस्तरमा परिवर्तन ल्याउन आवश्यक छ । जिल्ला र प्रदेशका लगातार प्रतियोगिता हुनुपर्छ । अहिलेको तरिकाले नेपाली क्रिकेट माथि उठ्न सक्दैन । साँँच्चै विश्वकप खेल्ने हो भने नयाँ तरिकाले अघि बढ्नुपर्छ । सबैले आफ्नो स्वार्थ त्याग्नुपर्छ । देश भन्दा माथि कोहि छैन । आफ्नो स्वार्थ नभएर सबै निस्वार्थ क्रिकेट विकासमा लाग्न आवश्यक देखिन्छ । स्वार्थ राख्न थाल्ने हो भने नेपाल यो भन्दा माथि उठ्ने सम्भावना देखिदैन ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.