default_image

2 years ago

November 30, 2021

आइपिएलमा कोहली, म्याक्सवेल र धोनीको तलब घट्यो

काठमाडौं (हाम्रो खेलकुद)- इन्डियन प्रिमियर लिगको अर्को सिजनका लागि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी तथा रोयल च्यालेन्जर्स बेंगलोरका प्रमुख ब्याटरद्वय विराट कोहली र ग्लेन म्याक्सेवलको तलब घट्ने भएको छ । मंगलार सबै फ्रेन्चाइज टोलीले मेगा अक्सनअघि टोलीमा कायम रहने बढीमा चार खेलाडीको नाम र पारिश्रमिक सार्वजनिक गर्दा धोनी, कोहली र म्याक्सवेलको तलब घट्ने भएको […]

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- इन्डियन प्रिमियर लिगको अर्को सिजनका लागि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी तथा रोयल च्यालेन्जर्स बेंगलोरका प्रमुख ब्याटरद्वय विराट कोहली र ग्लेन म्याक्सेवलको तलब घट्ने भएको छ ।

मंगलार सबै फ्रेन्चाइज टोलीले मेगा अक्सनअघि टोलीमा कायम रहने बढीमा चार खेलाडीको नाम र पारिश्रमिक सार्वजनिक गर्दा धोनी, कोहली र म्याक्सवेलको तलब घट्ने भएको हो । चेन्नईमा धोनीको पारिश्रमिक एक सिजनको १२ करोड भारु हुने भएको छ । यसअघि धोनीको पारिश्रमिक १५ करोड भारु रहँदै आएको थियो । धोनीले यस सिजनपछि चेन्नई छाड्ने अनुमान गरिएको छ ।

आइपिएलमा सर्वाधिक महँगा खेलाडी विराट कोहलीको मूल्य १५ करोडमा झरेको छ । कोहलीले यसअघि सर्वाधिक तलबस्वरूप सिजनको १७ करोड भारु पारिश्रमिक पाउँदै आएका थिए । ग्लेन म्याक्सवेललाई बेंगलोरले ११ करोड भारुमा पुन: अनुबन्ध गरेको छ । गत सिजन बेंगलोरले म्याक्सवेललाई १४ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । मोहम्मद सिराजलाई भने बेंगलोरले ७ करोड भारुमा अनुबन्ध गरेको छ ।

चेन्नईका रविन्द्र जडेजाले १६ करोड भारु पाउने भएका छन् । यसअघि जडेजाले ७ करोड भारु पाउँदै आएका थिए । चेन्नईले मोईन अलीलाई ८ करोड र ऋतुराज गयकवाडलाई ६ करोडमा टोलीमा राखेको छ । पन्जाब किंग्सले ओपनर मयंक अग्रवाललाई १२ करोड र अर्शदीप सिंहलाई ४ करोड भारुमा अनुबन्ध गरेको छ । पन्जाबले मयंक र अर्शदीप बाहेक अन्य सबै खेलाडीलाई फुकुवा गरेको छ । निवर्तमान कप्तान लोकेश राहुलले आइपिएलमा आउने नयाँ टोलीको कप्तानी गर्ने भएका छन् ।

मुम्बईमा रोहित शर्माले १६ करोड भारु पाउने भएका छन् । जुन यसअघिको एक सिजनको भन्दा एक करोड बढी हो । मुम्बईले जस्प्रित बुमराहलाई १२ करोड, सूर्यकुमार यादवलाई ८ करोड र काइरन पोलार्डलाई ६ करोड भारुमा अनुबन्ध गरेको छ । बुमराहको तलब ७ करोडबाट १२ करोड पुगेको हो ।

ऋषभ पन्तलाई दिल्लीले १६ करोडमा टोलीमा राखेको छ । यसअघि पन्तको तलब १५ करोड भारु रहँदै आएको थियो । दिल्लीमा अक्षर पटेलले ९ करोड, पृथ्वी शाले ७ करोड ५० लाख र एनरिच नोर्कियाले ६ करोड ५० लाख भारु पाउने भएका छन् ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.