default_image

4 years ago

December 7, 2021

बिग ब्यासका लागि उत्साहित सन्दीप

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पुनरागमनका लागि उत्साहित रहेको बताउँदै आफ्नो खेलमा तीन चार वटा भेरियसनले सधैं नहुने बताएका छन् । अघिल्लो साता बिग ब्यास लिग २०२१/२२ खेल्न अष्ट्रेलिया जानुअघि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।

सन्दीपले यस सिजनको बिग ब्यास होबार्ट हरिकेन्सबाट खेल्दैछन् । गत सिजन होबार्टबाट खेलेका सन्दीपले त्यसअघि दुई संस्करण मेलबर्न स्टार्सबाट खेल्दै राम्रो प्रभाव छाडेका थिए । सन्दीप एक वर्षपछि फ्रेन्चाइज लिग खेल्दैछन् । अर्कोतर्फ सन्दीप विग ब्यास मार्फत नै झण्डै एक वर्षपछि फ्रेन्चाइज लिगमा फर्किदै छन् ।

यसपटक लिगलाई लिएर सन्दीप निकै उत्साहित देखिन्छन् । ‘फ्रेन्चाइज लिग नखेलेको एक वर्ष भईसक्यो । यसबीचमा नेपालका केहि प्रतियोगिता पनि खेलें । यस लिगलाई लिएर म निकै उत्साहित छु । किनभने राम्रो अवसर आएको छ । म मात्र नभएर राम्रो गर्न सके अन्य नेपाली खेलाडीलाई पनि राम्रो अवसर हो’, सन्दीपले भने ।

त्यसैमा उनले थपे, ‘ पछिल्लो समय सन्दीपले विदेशी फ्रेन्चाइज लिगको रुपमा बिग ब्यासनै खेलेका थिएँ । यसबीच एक वर्षमा जे भयो त्यो खासै सम्झन चाहन्न । त्यो फिर्ता आउने छैन । त्यसलाई छाडेर अब म सकरात्मक रुपमा अघि बढ्नेछु’।

पछिल्लो एक वर्षमा सन्दीपले पाकिस्तान सुपर लिग, इंग्ल्यान्डको टि२० ब्लास्ट र द हन्ड्रेन्डमा विभिन्न कारण क्वारेनटाइन बसेर पनि नखेली फर्किए । सन्दीप पछिल्लो एक वर्ष क्वारेनटाइनमा बढी बस्नुपर्यो । ‘ ७–८ दिन क्वारेनटाइमा हुँदा मलाई लाग्छ आफैंलाई विश्लेषण गर्ने एउटा राम्रो समय हुन्छ । कोठा बाहिर जान पाइएन । आफ्नो भिडियो हेर्न धेरै समय पाइन्छ । त्यो बाहेक अन्य गर्न सकेपनि हुन्छ । यो सिक्ने सहि समय हो । सबैको सोच्ने फरक समय हुन्छ’, उनले भने ।

‘तीन चार वटा भेरियसनले सधैं हुने वाला छैन । फिल्डिङ सेटिङ देखि खेलको सबै पक्षबारे जानकारी हुनुपर्छ । अगाडी ब्याटिङमा आउने खेलाडीले के सोचेको छ । त्यसका लागि आफ्नो भेरियसनमा के थप्न सकिन्छ । कहिले काहिँ एंगल दिएर होस् वा पिचको अवस्था प्रयोग गरेर, यी सबै सिक्ने कुरा हुन् ।’

‘सामान्य बलिङ गरेर नै मैले विकेट लिइरहेको छु र रन रोकेको छु भने एक्स्ट्रा गर्नुपर्ने आवश्यक हुँदैन । ओमानको सिरिजमा पनि मैले केहि फरक गर्न खोजेको थिइनँ । त्यहि मोमेन्टनलाई अघि लगेर जान चाहन्छु’ , सन्दीपले भने ।

गत असोजमा सन्दीपले आइसिसी विश्वकप लिग २ मा ओमान, अमेरिकासँग त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनीसँगको दुई ओडिआई सिरिज गरि ६ खेलमा १८ विकेट लिँदै सनसनी मच्चाएका थिए । त्यसै उत्कृष्ट प्रदर्शनमा सन्दीपले आइसिसीको सेप्टेम्बरको प्लेयर अफ द मन्थको अवार्ड समेत जितेका थिए ।

अहिले प्रतिस्पर्धा भन्दा सन्दीप केहि सिक्न चाहन्छन् । ‘खेलनै यस्तो छ, हरेक दिन सिक्नुपर्ने हुन्छ । आफूले कहिल्यै पनि सबै कुरा जानेको सोच्नु हुँदैन । बिग ब्यासमा प्रतिस्पर्धा भन्दा पनि केहि राम्रो सिकेर आएँ भने नेपालको लागि फाइदा हुनेछ । यसलगत्तै ग्लोबल टि२० छनोट र विश्वकप लिग २ का खेलहरु छन्,’ उनले भने ।

नेपालले ग्लोबल टि२० विश्वकप छनोट खेल्दैछ । ग्लोबल छनोटको लागि टिम राम्रो रहेको सन्दीप बताउँछन् । ‘टिम राम्रो छ । हामीले धेरै खेल खेलेका छैनौं । इपिएलपछि धेरैले आफैं प्रशिक्षण गर्दै आउनु भएको छ । जति धेरै सकरात्मक भावना राख्न सक्यौं त्यति नै फाइदा हुनेछ । मलाई लाग्छ हामी विश्वकप ग्लोबल छनोटमा समूहको शीर्षस्थानमा रहन्छौं ।’

बिग ब्यास डिसेम्बर ५ देखि सुरु हुँदैछ । सन्दीपले यस सिजनमा पुरै खेल्न पाउने सम्भावना कम छ । नेपालले जनवरीमै घरेलु मैदानमा त्रिकोणात्मक सिरिजको लागि तयारी गरेको बुझिएको छ । सिरिज भएको खण्डमा सन्दीप बिग ब्यास पूरै खेल्न नपाउन सक्छन् । सन्दीपले गत वर्ष होबार्टबाट नै बिबिएल खेल्दै ८ खेलमा ८ विकेट लिएका थिए ।

त्यसअघिका दुई सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले नवौं संस्करणको बिबिएलमा मेलबर्न स्टार्सबाट १३ खेलमा १५ विकेट लिएका थिए । सन्दीपले पहिलो पटक सन् २०१८ मा मेलबर्न बाटै बिग ब्यास लिग खेलेका थिए । उक्त वर्ष सन्दीपले ८ खेलमा ११ विकेट हात पारेका थिए ।

पछिल्लो पटक सन्दीपले गत जनवरीमामा खेलेको बिग ब्यासनै अन्तिम फ्रेन्चाइज लिग हो । त्यसपछि सन्दीप आइपिएल अक्सनमा विकेनन् । पाकिस्तान सुपर लिग (पिएसएल) कोरोना कारण कराँची पुगेर फर्किएका थिए । टि२० ब्लास्ट र द हन्ड्रेड भिसाको कारण गुमाउनु परेको थियो । टिएर ५ भिसाको कारण द हन्ड्रेडको लागि सन्दीप बेलायतनै पुगेर फर्किएका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.