default_image

4 years ago

December 3, 2021

वेस्टइन्डिजमाथि क्लिनस्वीपसँगै श्रीलंका शीर्षस्थानमा

177 views

0 Bookmark

एजन्सी – श्रीलंकाले वेस्टइन्डिजसँगको दुई टेस्ट खेलको सिरिज क्लिनस्वीप गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को अंक तालिकामा शीर्षस्थानमा छ । श्रीलंकाले दोस्रो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ६४ रनको फराकिलो अन्तरले हराउँदै सिरिजमा क्लिनस्विप गर्यो ।

२ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज दोस्रो इनिङमा ५६.१ ओभरमा १ सय ३२ रनमा अल आउट भयो । वेस्टइन्डिजका नक्रमाह बोनरले १ सय ४३ बलमा ३ चौकासहित सर्वाधिक ४३ रन बनाए । जर्मेन ब्याकवुड ३६, शाई होप १६ र केमार रोच १३ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । श्रीलंका लसिथ एम्बुल्डेनिया र रमेश मेन्डिसले ५–५ विकेट लिए ।


दोस्रो इनिङमा श्रीलंकाले ३४५/९ को अवस्थामा इनिङ्स समाप्तिको घोषणा गर्यो । पहिलो इनिङमा ४९ रनले पछि परेको श्रीलंकाले समग्रमा २ सय ५२ रनको अग्रता लिएको थियो । श्रीलंका धनन्जय डि सिल्भाले २ सय ६२ बलमा ११ चौका र २ छक्कासहित १ सय ५५ रनमा अविजित रहे । पाथुम निसांका १ सय ५४ बलमा ४ चौकासहित ६६ रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्टइन्डिज वीरसामी पेर्माउलीले ३ रोश्टन चेशले २ विकेट लिए ।


पहिलो इनिङमा वेस्टइन्डिज २ सय ५३ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओपनर क्रेग ब्रेथवेटले १ सय ८५ बलमा ९ चौकासहित ७२ रनमा आउट भए । जर्मेन ब्याकवुड ४४, बोनर ३५ र काइल मेयर्सले ३६ रन बनाए । श्रीलंका स्पिनर रमेश मेन्डिसले ६ विकेट लिए । श्रीलंका पहिलो इनिङमा २ सय ४ रनमा अल आउट भएको थियो । श्रीलंका पाथुम निसांकाले १ सय ४८ बलमा ५ चौका र १ छक्कासहित ७३ रनको योगदान दिए । दिमुथ करुणारत्ने ४२, ओशदा फर्नान्डो १८ र एन्जिलो म्याथ्युजले ४२ रन बनाए । वेस्टइन्डिजका पेर्माउलीले सर्वाधिक ५ विकेट लिए ।

श्रीलंका पहिलो खेलमा १ सय ८७ रनले विजयी भएको थियो । धनन्जय डि सिल्भा प्लेयर अफ द म्याच र रमेश मेन्डिस प्लेयर अफ द सिरिज चुनिए । श्रीलंका आइसिसी विश्व टेस्ट च्याम्पियन्ससिपमा दुई खेलमा शतप्रतिशत जितका साथ शीर्षस्थानमा छ । पाकिस्तान २ मा जित र १ मा हार सहित ६६.६६ जित प्रतिशतका साथ दोस्रो स्थानमा छ । भारत २ जित, १ हार र २ बराबरीका साथ तेस्रो स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.