4 years ago
December 3, 2021
एजेन्सी – ओपनर मयंक अग्रवालको अविजित शतकीय इनिङसँगै भारत न्युजिल्यान्डसँगको दोस्रो टेस्ट खेलमा बलियो अवस्थामा छ । वानखडे स्टेडियम मुम्बईमा टस जितेर ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ७० ओभरमा २२१-४ को अवस्थामा छ । ओपनर मयंक अग्रवाल २ सय ४६ बलमा १४ चौका र ४ छक्कासहित १ सय २० रनमा अविजित छन् ।

अग्रवालको टेस्ट करिअरको चौथो शतक हो । विकेटकिपर ऋद्धिमान शाह ५३ बलमा ३ चौका र १ छक्कासहित २५ रनमा अविजित छन् । पाँचौं विकेटका लागि अग्रवाल र शाहले १ सय ४३ बलमा ६४ रनको अविजित साझेदारी गरेका छन् ।
वर्षाको कारण खेल ढिलो सुरु भएको थियो । ओपनर मयंक अग्रवाल र सुभमन गिलले पहिलो विकेटका लागि २७.३ ओभरमा ८० रन जोड्दै राम्रो सुरुवात दिए । पटेलले नै गिललाई रस टेलरबाट ४४ रनमा क्याच आउट भए । ७१ बल खेल्दै गिलले ७ चौका र १ छक्का प्रहार गरे ।
स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई प्रमुख ब्याटरलाई शून्यमा गुमाएको थियो । दोस्रो बलमा चेतेश्वर पुजालाई शून्यमा बोल्ड भए। अन्तिम बलमा विराट कोहली एलबीडब्लू धरापमा परे । पटेलले श्रेयस ऐरलाई १८ रनमा क्याच आउट गराएका थिए । दुई टेस्ट खेलको सिरिज अन्तर्गत पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो टेस्टमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन चोटका कारण टोलीमा छैनन् । भारतका अजिक्या रहाणे र रविन्द्र जडेजा पनि टोलीमा छैनन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]